काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सले काठमान्डु गोर्खाजलाई पराजित गर्दै विजयी सुरुआत गरेको हो ।
दोस्रो खेलमा साविक उपविजेता सुदूरपश्चिमले २९ रनले पराजित गरेको हो । सुदूरपश्चिमको जितमा हर्मित सिंहले अलराउण्ड प्रदर्शन गरे ।
सुदूरपश्चिमले १४७ रनको लक्ष्य दिएकाेमा काठमान्डु गोर्खाज १६.५ ओभरमा सबै विकेट गुमाएर ११८ रनमा अलआउट भएकाे हाे ।
सुदूरपश्चिमका लागि बलिङमा स्कट कुगेलेइन, हेमन्त धामी र हर्मित सिंहले २-२ विकेट लिए । यस्तै इशान पाण्डे, नरेन साउद र अविनाश बोहराले समान एक/एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले सबै विकेट गुमाएर १४७ रन बनाएको थियो ।

























