अर्थ मन्त्रालयले २० वटा चारपांग्रे सवारी साधनको बिमा गरेको छ । २०८२ असोज ५ मा बसेको मन्त्रिपरिषद्को बैठकले “सरकारी सवारी साधन पूर्ण (कम्प्रिहेन्सिभ) निर्जीवन बीमा गर्ने“ निर्णय गरेको थियो ।
सोही निर्णयका आधारमा अर्थ मन्त्रालयको स्वामित्वमा रहेका २० (बीस) वटा चारपाङ्ग्रे सवारी साधनहरुको नेपाल वीमा कम्पनी मार्फत पूर्ण बीमा गरेको हो ।
यसबाट आगामी दिनमा सरकारी सवारी साधनको आगलागी, दुर्घटना जस्ता कारणबाट क्षति हुन गएमा वीमा दाबीको रकमबाट सवारी साधन खरिद गर्न सकिने हुँदा सरकारी कोषबाट हुने खर्चमा कमी आउने,
प्राथमिकताका क्षेत्रमा स्रोत व्यवस्थापन सहज हुने र सार्वजनिक वित्त व्यवस्थापन प्रभावकारी हुने अपेक्षा मन्त्रालयले गरेको छ ।























