९ मंसिर, काठमाडौं । मंगलबार नेप्से परिसूचक ५.३२ अंक बढेको छ । सो वृद्धिपछि नेप्से २६५५ अंकमा कायम भएको छ । आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । अघिल्लो दिन ७ अर्ब ३ करोडको कारोबार भएकोमा आज ५ अर्ब ८२ करोडको भएको हाे ।
मंगलबार १२२ कम्पनीको मूल्य बढ्दा १२५ को घट्यो भने १० को स्थिर रहेकाे छ ।
आज होटल तथा पर्यटन सबैभन्दा धेरै १.४ प्रतिशत बढेकाे छ। त्यस्तै बैंकिङ ०.१९, फाइनान्स ०.०२, हाइड्रोपावर ०.१९, लगानी ०.२३, उत्पादन तथा प्रशोधन १.३०, माइक्रोफाइनान्स ०.०४, निर्जीवन बीमा ०.६५ र अन्य ०.४९ प्रतिशत बढेका छन्।
यता व्यापार १.३३, जीवन बीमा ०.३० तथा विकास बैंक ०.२४ प्रतिशत घटेकाे छ । आज तीन कम्पनी झापा इनर्जी, सागर डिस्टिलरी र श्रीनगर एग्रिटेक कम्पनीका मूल्य १० प्रतिशत बढेका छन्।
त्यस्तै स्वस्तिक लघुवित्तको ८.२३, बन्दीपुर केबुलकारको ७.२३, दरामखोला हाइड्रोपावरको ६.८७ तथा हिमस्टार ऊर्जाको ५.३२ प्रतिशत मूल्य बढ्यो ।
यता जोशी हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ४.९६ प्रतिशत घट्यो । सुपरमाइको ३.१९ तथा भूगोल इनर्जीको २.७४ प्रतिशत मूल्य घट्यो ।























