काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका प्रमुख सल्लाहकार आन्द्रिय यरमाकले राजीनामा दिएका छन् ।
यरमाकको कियभस्थित सरकारी निवासमा शुक्रबार बिहान भ्रष्टाचारविरोधी निकायले छापा मारेपछि उनले राजीनामा दिएका हुन् ।
यरमाक विवादमा परेपछि राष्ट्रपति जेलेन्स्कीको स्थिति कमजोर बनाएको र अमेरिकासँगको वार्तामा युक्रेनको ‘पोजिसन’ समेत जोखिममा परेको बताइएकाे छ।
यरमाक रूस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका र युक्रेनले तयार पारेको शान्ति योजनामा प्रमुख वार्ताकार थिए ।
यद्यपि, उनीमाथि व्यक्तिगत रूपमा कुनै आरोप लागेको छैन । शुक्रबार राति गरेको टेलिभिजन सम्बोधनमा राष्ट्रपति जेलेन्स्कीले यर्माकले राजीनामा पत्र बुझाएको बताएका छन्।
























