आरालो यात्रामै नेप्से , कारोबार पनि घट्याे

१६ मंसिर, काठमाडौं । मंगलबार सेयर बजार सामान्य घटेको छ । ०.५३ अंक घटेसँगै नेप्से परिसूचक २६४४.७० मा कायम भएको छ ।

अघिल्लो दिन नेप्से परिसुचक ४ अंक घटेको थियो । आज कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ४ अर्ब ७१ करोडको कारोबार भएकोमा आज ४ अर्ब ४८ करोडकाे भएको हाे।

आज कुल १२५ कम्पनीको मूल्य बढ्दा ११९ को घट्यो भने १३ को स्थिर रह्यो ।

मंगलबार बैंकिङ ०.५८, होटल तथा पर्यटन ०.६२, लगानी ०.०४, जीवन बीमा ०.५७ र माइक्रोफाइनान्स ०.०६ प्रतिशत घटेका छन् ।

त्यस्तै विकास बैंक ०.१७, फाइनान्स ०.२७, जलविद्युत् ०.७०, उत्पादन तथा प्रशोधन ०.५१, निर्जीवन बीमा ०.२६ प्रतिशत बढेका छन्। अन्य समूह भने स्थिर रह्यो ।

आज ६ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत बढेका कम्पनीमा सागर डिस्टिलरी, स्वस्तिक लघुवित्त, झापा इनर्जी, माबिलुङ इनर्जी, बुङ्गल हाइड्रोपावर र श्रीनगर एग्रिटेक कम्पनी छन् ।

त्यस्तै वागढी हाइड्रोपावरको ८.६१, विकास हाइड्रोपावरको ६.४८, दरामखोला हाइड्रोपावरको ६.२७ तथा पिपुल्स हाइड्रोपावरको ६.१८ प्रतिशत मूल्य बढेका छन्।

यता ग्रिन भेन्चर्सको मूल्य सबैभन्दा धेरै ९.८५ प्रतिशत घट्यो । स्टान्डर्ड चार्टर्ड बैंकको ३.८८ तथा पोखरा फाइनान्सको २.५० प्रतिशत घट्यो ।

आज धेरै कारोबार भएका पाँच कम्पनीमा युनियन हाइड्रोपावर, माउन्टेन इनर्जी, ङादी ग्रुप, ग्रिन भेन्चर्स र युनाइटेड मोदी हाइड्रोपावर छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here