काठमाडौं । बुधबार चाँदीले नयाँ रेकर्ड बनाएको छ । इतिहासमा पहिलो पटक चाँदीको भाउ प्रतितोला ४ हजार नाघेको हाे।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको भाउ प्रतितोला ४ हजार ५५ रुपैयाँ पुगेकाे छ । याे अघिल्लो दिनकाे तुलनामा १७० रुपैयाँ बढेको हो ।
अघिल्लो दिन चाँदि ताेलामा ३ हजार ८८५ रुपैयाँमा कारोबार भएको थियो । यसअघि गत बुधबार चाँदी ३ हजार ९०५ रुपैयाँको रेकर्ड बनेको थियो ।
त्यस्तै आज सुनको मूल्य तोलामा ७ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २ लाख ५९ हजार रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ५९ हजार ७ सय रुपैयाँ कायम भएको छ । यसअघि सोमबार सुनको भाउ हालसम्मकै उच्च २ लाख ६० हजार ७ सय रुपैयाँ पुगेको रेकर्ड छ ।




















