काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भरतपुर विमानस्थल जाने बुद्ध एयरको जहाज चढेका छन् ।
काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै भैरहवा विमानस्थलका लागि जहाज कुरिरहे पनि भैरहवाको मौसम नखुलेपछि अर्को विकल्पमार्गबाट उनी रुपन्देही जान लागेका हुन् ।
लामिछानेसँगै रास्वपाका केही नेताहरू पनि उनीसँगै जाँदैछन् । उनलाई नेपाल प्रहरीको रोहबरमा भैरहवा लगिँदैछ । भरतपुरबाट भने उनी सडकमार्गबाट रुपन्देही जानेछन् ।
उच्च अदालत बुटवलको आदेश अनुसार उनी आज जिल्ला अदालत रुपन्देहीमा पुग्नुपर्छ ।


























