५ पुस, चितवन । उज्यालो नेपाल पार्टीकी नेतृ रिमा विश्वकर्माले देश ठप्प पार्छौं भनेर एमाले अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएकी छिन् ।
शनिबार चितवनमा आयोजित जिल्ला भेलालाई सम्बोधन गर्ने क्रममा उनले
देश कुनै कुटि नभएको भन्दै जसले पनि खुल्न र ठप्प पार्न सक्छ भन्दै प्रश्न गरिन् ।
जाँचबुझ आयोगले बोलाउँदा ओलीले यस्ताे अभिव्यक्ति दिएकि थिइन्।
उनले भनिन् पुनः : नेतृत्वमा आइसकेपछि कड्किएर भनिरहनुभएको छ कि जाँचबुझ आयोगमा जान्नँ,’ विश्वकर्माले सम्बोधनको क्रममा भनिन्, ‘र, उहाँहरू भनिरहनुभएको छ कि हाम्रो नेतृत्वलाई प्रश्न गर्नुभयो भने हामी देश ठप्प पार्छौं । उहाँहरूले बनाउनुभएको कुटि हो र देश ? खुल्ने र ठप्प पार्नलाई ?’
साथै उनले थपिन ‘वर्तमान अन्तरिम सरकारलाई एमालेले असंवैधानिक भन्दै आएको छ । तर, संविधानको पालना एमालेले नै नगर्ने हो भने अब उनीहरूलाई नेपाली भन्ने कि नभन्ने’।
साथै, उनले मानविय संवेदना नभएको व्यक्तिले समाज र देशलाई कहाँ पुर्याउला ? भन्दै प्रश्न गरिन् ।
उनले भनिन् ‘छोराछोरी र भाइबहिनी त हाम्रामात्रै मरेका रैछन् । उहाँहरूलाई त केही फरक नै परेको छैन रैछ । जो व्यक्तिमा लाज, घिन, शरम मानविय संवेदना नै बाँकी छैन,’ विश्वकर्माले भनिन्, ‘उक्त व्यक्तिले गरेको नेतृत्वले हाम्रो समाज र देशलाई कहाँ पुर्याउला ?’

























