विषाक्त हावाले निसास्सिएको दिल्ली प्रदूषणको असर तराईका जिल्लामा

काठमाडौं,१९ कात्तिक । भारतको राजधानी दिल्लीको वायू प्रदूषण खतरनाक स्तरमा पुगेको छ।

वायु प्रदूषण नियन्त्रण गर्न दीर्घकालीन उपाय खोज्न राजनीतिक इच्छाशक्ति नभएको भन्दै दिल्लीमा विरोध प्रदर्शन भएको छ ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले त्यहाँको तुवाँलोको कारण दिल्लीलाई ‘ग्यास च्याम्बर’ को संज्ञा दिएका छन् ।

संसारमा सबैभन्दा धेरै जनसंख्या भएको शहरमध्ये एक नयाँ दिल्ली । यहाँ उत्तिकै ठूलो संख्यामा सवारी साधन पनि गुड्छन् ।

उद्योग, प्रतिस्ठान र अन्य धुवाजन्य उत्सर्जन गर्ने वस्तुहरु पनि उत्तिकै अस्तित्वमा छन् । सोहीकारण वायु प्रदूषण अधिक हुने शहरमध्ये नयाँ दिल्ली सधै अग्रपंक्तिमा पर्छ ।

त्यसो भए नोभेरम्बर र डिसेम्बर महिनामा दिल्लीको आकास नै अन्धकार बनाउने विशाक्त धुवा यही प्रदुषणका कारण मात्र उत्पन्न भएको हो ? तर, वास्तविकता फरक छ ।

भारतीय संचारमाध्यमहरुका अनुसार नियमित प्रदूषणका वावजूत दिल्लाीलाई छिमेकी राज्यहरुमा हुने गतिविधिले बढी सताइरहेको छ । अहिले दिल्लाीको हावामा विश्व स्वास्थ्य सङ्गठनले तोकेको सुरक्षित अधिकतम तहभन्दा २० गुणा बढी हानिकारक तत्त्व फैलिएका छन् ।

यस्तो हावामा मानिसको नपुशक, मृगौला तथा फोक्सोको बिरामी मात्र हाइन, क्यान्सरसम्मका रोगको जोखिम हुन्छ । भारतीय संचारमाध्यमहरुले उल्लेख गरेअनुसार दिल्लीका छिमेकी राज्य हरियाणा र पन्जाबमा किसानहरुले बाली भित्राइसकेपछि खेतमा आगो लगाउँछन् ।

खेतमा बाँकी रहेको ठुटा जलाउन लगाइने यस्तो आगो एकसाथ ठूलो भूमीमा लगाइन्छ । जसले गर्दा धुवाँको मूस्लो वायुमण्डलमा मिसिन जान्छ । यो धुवाँ नै अन्ततः दिल्लीको आकाससम्म आइपुग्छ र दिल्लीलाई अन्धकार बनाइदिन्छ ।

भूउपग्रहरुले पठाएको तस्वीरहरुमा समेत यसको स्पष्ट चित्र देख्न सकिन्छ । अर्कोतर्फ भर्खरै दिपावली मनाइएको छ । भारतमा पटका पड्काउन छूट छ । यहाँ करोडौं रुपैयाँको पटकाको कारोबार हुन्छ ।

भारतको हावा किन यति विषाक्त ?

खासगरी शरद ऋतुसँगै बाली भित्र्याउने याम पनि सुरु हुन्छ। खेतबारीमा काटिएका बालीका पराल नष्ट गर्नका लागि उनीहरूले त्यसमा आगो लगाउँछन्।

हजारौं एकड जमिनमा खेतीपाती हुने हरियाणा, पञ्जाव, उत्तर प्रदेश र दिल्ली वरिपरिका धेरै ठाउँमा त्यस्तो आगो लगाइन्छ, जसबाट निकै विषालु धुवाँ वायुमण्डलमा बाक्लिन्छ। त्यस्तै भारतमा लाखौं इँटाभट्टा छन्। इन्धनबाट चल्ने सवारीको चाप अहिले निकै बढेको छ।

प्रदूषण कम गर्न जोरबिजोर प्रणाली

भारत सरकारले राष्ट्रिय राजधानी नयाँ दिल्लीमा सोमबार बिहान ८ः०० बजेबाट यातायातका साधनमा जोर विजोर प्रणाली लागू गरेको छ ।

यातायातका साधनबाट निस्किने धुवाँ र अत्यधिक यातायातको चाप र आवागमनका कारण उडेको धुलोका कारण भारतको राजधानी दिल्लीमा वायु प्रदुषण भएको भन्दै राज्य सरकारको यो निर्णय आएको हो ।

सोमबारबाट जोर नम्बरका सवारी साधन मात्र चलाउन राज्य सरकारले अनुरोध गरेको छ ।

दिल्लीमा विगत केही समयदेखि वायुमा निकै प्रदुषण देखिएको भन्दै स्थानीय सञ्चारमाध्यमले समाचारहरू सम्प्रेषण गरेपछि दिल्ली सरकारले वातावरण प्रदुषण रोक्न पहल थालेको हो ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले वातावरण प्रदुषणलाई रोक्न सरकारले गरेको पहलमा सहयोग गर्न र यातायातमा जोरविजोर प्रणाली लागू गर्न नागरिकहरूलाई आग्रह गरेका छन् ।

दिल्ली प्रदूषणको असर तराईका जिल्लामा

भारतको नयाँदिल्लीमा देखिएको वायु प्रदूषणको असर नेपालका तराईका जिल्लामा पनि देखिन थालेको छ । सीमावर्ती कपिलवस्तु, रुपन्देही, नवलपरासी, नेपालगंजलगायतका जिल्लामा बिहानैबाट तुवालो लागेको छ ।

यसरी वायु प्रदूषणका कारण सीमा क्षेत्रका सर्वसाधारण चिन्तित बनेका छन्।वायु प्रदूषणका कारण श्वासप्रश्वाससम्बन्धी समस्या भएका विरामी बढी प्रभावित हुने गर्छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here