दराजले विगेस्ट सेल डे ११ः११ मनाउँदै, ३ लाख भन्दा बढी उत्पादनहरुमा बिशेष छुट

काठमाडौं, १९ कात्तिक । विश्व प्रसिद्ध अनलाइन सेलर दराजले कात्तिक २५ गते ‘११ः११’ सेल डे मनाउने भएको छ ।

मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा अङ्ग्रेजी महिना नोभेम्वर ११ को अवसरमा दराजले (वल्र्ड विगेस्ट अनलाइन सेल डे) मनाउने जानकारी दिईयो ।

सेलको अवसरमा दराजले २४ घण्टाको अवधिमा अधिक मात्रामा बिक्री गर्ने जनाएको छ । एक दिनको अवधीमा मात्रै साढे ३ लाख ग्राहकहरुले सेलमा सहभागिता जनाउने कम्पनीको आँकलन छ ।

यस्तै, सोही अवसरमा अनलाइनबाट समान खरीद गर्दा ग्राहकहरुले डिस्काउण्ट समेत पाउने बताईएको छ । कम्पनीले मेगा डिल्स, वेलकम गिफ्ट, दराज साथीलगायतका नयाँ उत्पादनहरु मेलामा राख्ने तयारी गरेको छ । साथै कम्पनीले हरेक दिन ४० हजार प्याकेज उत्पादनहरु उपलब्ध गराउने भएको छ ।

एक दिने मेलामा मेगा डिल्समा मात्रै ८० प्रतिशत सम्म छुट हुने कम्पनीले जानाकारी दिएको छ । साथै सो एक दिने मेलामा कम्पनीको ३ लाख भन्दा बढी उत्पादनहरुमा बिशेष छुट हुने छ ।

दराजमा अनलाइन मार्फत सपिङ्ग गर्ने प्रयोजनका लागि ग्राहकहरुले सानिमा, नबिल, नेपाल इन्भेष्टमेण्ट र स्ट्याण्डर्ड चार्टर्ड बैंकको कार्ड प्रयोग गर्दा सहुलियत पाउने छन् । दराजले आफ्नो एप मार्फत सामान किन्ने ग्राहकहरुको लागि ११ः११ को अवसरमा छुट दिने जानकारी गराएको हो ।

११.११ अभियानमा दराज सँग तीन हजार भन्दा बढी बिक्रेतागरि ३ लाखभन्दा बढी सामानहरु तथा ४ लाखभन्दा बढी प्रयोगकर्ताहरूको सहभागिता हुने अनुमान गरिएको छ । त्यस दिनमा मात्र हुने १ लाख अपेक्षित अर्डरहरु को लागि तयारी गर्न दराजले ४०० थप डेक्स हेरोहरु (डेलीभरी राइडर) तथा ५० जना थप कस्टमर केयर अगेंटहरु थप गरेको छ ।

साथै दराजले नेपाल भरिका दराज हबहरुमा कलेक्शन पोइन्ट सेवा पनि सुरु गरेको छ, जसले उपभोक्ताहरुको समय र पैसा बचाउनेछ । उपभोक्ताहरुले आफुले पहिले पैसा तिरिसकेको समानहरु आफुलाई सजिलो पर्ने समयमा आफू नजिकैको दराजहब बाट लिन सक्नेछन् जसले गर्दा वितरण फकिर्नु पर्दैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here