२३ पुस, काठमाडौं । बुधबार चाँदीको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिनका लागि चाँदीको भाउ प्रतितोला ४ हजार ९३५ रुपैयाँ तोकिएको छ ।
याे अघिल्लो दिनको तुलनामा आज ५५ रुपैयाँले चाँदी बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ८८० रुपैयाँमा चाँदीको कारोबार भएको थियो । यसअघि पुस १४ गते चाँदीको भाउले ४ हजार ८९५ रुपैयाँको उच्चतम रेकर्ड बनाएको थियो ।
यता आज सुनको भाउ भने सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले घटेको हो । महासंघले सुनको भाउ आज प्रतितोला २ लाख ६७ हजार ७ सय रुपैयाँ तोकेको छ ।





















