यात्रुले आपतकालिन ढोका खोल्दा उडान ढिला

काठमाडौं । बुद्ध एयरको उडान नं. 852 (जहाज 9N-AMD) मा यात्रुले अनाधिकृत रूपमा आपतकालीन ढोका (Emergency Door) खोलेका कारण उक्त उडान ढिलो भएको छ। भैरहवाबाट काठमाडौंका लागि उडान भर्ने तयारीमा रहेको जहाजकाे यात्रुले खाेल्दा उडानमा ढिलाइ भएको कम्पनिले जानकारी दिएकाे छ।

उक्त कार्यमा संलग्न यात्रुलाई तत्कालै विमानस्थल सुरक्षाकर्मीको जिम्मा लगाइएको छ। हवाई सुरक्षा मापदण्ड अनुसार, जहाजको विस्तृत प्राविधिक परीक्षणका लागि काठमाडौंबाट प्राविधिक टोली (Technical Team) भैरहवा प्रस्थान गरिसकेको बताइएकाे छ । साथै पूर्ण परीक्षण र सुरक्षा सुनिश्चित भएपछि मात्र जहाजले उडान भर्ने बताइएकाे छ।

नागरिक उड्डयन प्राधिकरणको नियम अनुसार विमानको आपतकालीन ढोका बिना कारण खोल्नु गम्भीर कानुनी अपराध भएकोले यसबाट यात्रुमा पर्न गएको असुविधाप्रति एयरलाइन्सले क्षमा मागेकाे छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here