काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा घटाएको छ ।
निगम सञ्चालक समितिको पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटाउने निर्णय गरेकोमा नयाँ मूल्य विहीबार मध्यरात १२ बजेदेखि लागू भएको छ। यस्तै, डिजेल र मट्टितेलमा प्रतिलिटर एक–एक रुपैयाँले घटाइएको छ ।
निगमले तय गरेको नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर १५६ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १३६ रुपैयाँ कायम भएको छ ।





















