काठमाडौं । लघुवित्त वित्तीय संस्थाले ग्राहक संरक्षण कोषमा रहेको रकम दैवीप्रकोप/दुर्घटनामा परेका ग्राहकको परिवारलाई सहयोग गर्न पाउने भएका छन् ।
‘ग्राहक संरक्षण कोषमा जम्मा भएको रकम ग्राहक सदस्यहरुको सामूहिक हित हुने कार्य गर्न, समस्यामा परेका ऋणीको व्यवसायको सुरक्षण एवम् पुनस्र्थापना गर्न, दैवीप्रकोप/दुर्घटनामा परेका ग्राहकको परिवारलाई सहयोग गर्न सक्नेछन्,’ राष्ट्र बैंकले शुक्रबार जारी परिपत्रमा भनिएको छ, ‘उक्त रकम ग्राहकहरुको शिक्षा र क्षमता विकास एवम्ग्राहकहरुका सन्तानको विद्यालय स्तरकोशिक्षा, स्वास्थ्य तथा पोषणसम्बन्धी कार्यक्रममा उपयोग हुने गरी मात्र खर्च गर्नु पर्नेछ ।’
ग्राहक संरक्षण कोषमा अघिल्लो आर्थिक वर्षको नाफाबाट जम्मा हुने रकमको न्यूनतम ५० प्रतिशत रकम पछिल्लो आर्थिक वर्षमा खर्च गर्नु पर्नेछ ।
यसरी खर्च भएको रकम तथा सो सम्बन्धी विवरण संस्थाको वार्षिक प्रतिवेदनमा स्पष्ट रुपमा खुलाईएको हुनु पर्नेछ । खर्च नभएको रकम भ्बचmबचप गरी छुट्टै लगानी गर्नु पर्नेछ र यस्तो लगानीबाट प्राप्त आम्दानी सोही कोषमा जम्मा गर्नु पर्ने व्यवस्था छ ।




















