केपी शर्मा ओलीले झापा–५ बाट गरे उम्मेदवारी दर्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा–५ मा उम्मेदवारी दर्ता गरेका छन्। ओलीले मंगलबार निर्वाचन अधिकृतको कार्यालय पुगेर आफ्नो उम्मेदवारी दर्ता गरेका हुन्।

उम्मेदवारी दर्ताका क्रममा उनले एमाले र रास्वपाबीच दमकमा झडपमा बारेमा टिप्पणी गरेका छन् ।

उनले‘उम्मेदवारी दर्ता गर्न आउने क्रममा हामीलाई रोक्न खोजियो, त्यहाँ रास्वपाले असभ्यता देखाए,‘एमालेलाई रोक्न खोज्दा महँगो पर्ला!’

झापा–५ मा काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन शाह, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का रञ्जित तामाङले उम्मेदवारी दर्ता गरिसकेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here