सीमावर्ती भारतीय बजारबाट ल्याईएको रसायनिक मलमा मिसावट

पप्पु गुरुङ्ग, दोधारा २० कात्तिक । सीमावर्ती भारतीय बजारबाट खरिद गरि ल्याईएको रसायनिक मलमा मिसावट पाईएको छ ।

माहाकाली नगरपालिकाको खुला सीमावर्ती भारतिय बजारबाट खरिद गरि ल्याईएका रसायनिक मल मिसावट गरिएको पाईएको स्थानियहरुले बताएका छन् ।

माहाकालीको खुला सीमा क्षेत्रमा स्थानियहरु रसायनिक मल खरिद गर्न भारतीय बजारमा जाने गरेका छन् । भारतीय तथा नेपाली सुरक्षाकर्मीबाट लुकाएर मल ल्याएर माहाकाली नगरपालिकाका कृषकहरु आफ्नो खेतवारीमा प्रयोग गर्दै आएका छन् ।

माहाकाली नगरपालिका क्षेत्रमा नेपाली मलखाद सहज उपलब्ध नहुदा अझै पनि यहाँका स्थानियहरु सीमा क्षेत्रबाट चोरी छिपी भारतिय बजारबाट मल लिन बाध्य भएका छन् ।

सीमावर्ती भारतीय बजारका ब्यापारीहरुले रसायनिक मलमा मिलावट गर्ने भएको कारण भारतबाट नेपाल आउने रसायनिक मलको गुणस्तरमा समस्या देखिदै आएको छ ।

किसानहरु चिन्तीत

भारतबाट ल्याईएका डिएपी मलमा रातो माटो तथा युरियाको मात्रा बढी मिसाईएको पाईएको छ । माहाकाली नगरपालिकाका सीमावर्ती भारतीय बजारमा खरिद गरि ल्याईएका रसायनिक मलमा यस्तो समस्या देखिएपछि किसानहरु चिन्तीत भएका छन् ।

‘मिलावट रसायनिक मल आयात भएको छ्’ स्थानिय किसानहरु बताउँछन् । माहाकाली नगरपालिकाको सीमावर्ती बजार मेलाघाट, नगरा, बनबासा, बंगाली कलौनी तथा खटिमा बजारबाट खरिद गरि ल्याईएका रसायनिक मलमा मिलावट पाईएको स्थानिय होमु बरालले बताए ।

माहाकाली नगरपालिका वडा नं। ९ सुन्दरटोल निवासी गंगा देबी रावतले भारतीय सीमावर्ती बजार मेलाघाटबाट खरिद गरि ल्याएका डिएपी मलमा रातो माटो र युरियाको मात्रा बढी देखिएको हो ।

गहुँ लगाउने तयारीमा रहेका गंगा देबी रावतले ल्याएका डिएपी मलमा रातो माटो र युरियाको मात्रा बढी देखिएपछि उनले मललाई खेतवारीमा प्रयोग गरेका छैनन् । उनले उक्त रसायनिक मल भारतिय रुपिया १ हजार १ सय रुपैयामा खरिद गरेको बताएका छन् । मलमा मिलावट देखिएपछि उनले गोठे मल प्रयोग गर्ने बताएका छन् ।

कमतौल तथा रातो माटो र युरियाको मात्रा बढी

कमतौल तथा रातो माटो र युरियाको मात्रा बढी मिसिएको डिएपी मलमा माहाकाली नगरपालिकाका अधिकांश कृषकहरुले खरिद गरेको बताईएको छ ।
ईफ्फो ब्राण्डको एनपिके रसायनिक मलमा यस्तो देखिएपछि स्थानिय किसानहरुमा चिन्ताको बिषय बनेका छ ।

माहाकाली नगरपालिकाको खुला सिमा क्षेत्रको सीमावर्ती बजार बनबासा, नगरा, मेलाघाट खटिमा, बंगाली कलौनी लगाएत भारतिय बजारबाट स्थानियहरुले खेतवारीमा प्रयोग गर्न रसायनिक मल खरिद गर्दै आएका छन् । भारतबाट ल्याईएका रसायनिक मलका कारण माटो नै विग्रेदै आएको एकथरी किसानहरुको भनाई रहेको छ् ।

नेपालबाट आयातित मल माहाकाली नगर क्षेत्रमा नपुग्ने भएको हुदा माहाकालीका किसानहरुले बाध्य भएर सिमावर्ती भारतिय बजारबाट लुकिछिपी खरिद गरि ल्याईएका रसायनिक मल प्रयोग गर्दै आएका छन् ।

माहाकाली नगरपालिका कृषी शाखा कार्यालयका प्रमुख कमलापती भट्टले माहाकाली नगपालिकाको नेपाल–भारत सिमा क्षेत्रका भारतिय बजारहरुमा बिक्रि बितरण गरिने आधिकांस रसायनिक मल मिलावट देखिएको बताएका छन् ।

सीमावर्ती बजारमा मलखादको बोरालाई खोलेर मिसावट गरि पुनः ब्यापारीहरुले मेसिनले सिलाएर बिक्रि बितरण गर्दै आएको बताईएको छ् । यस्ता मिलावट गरिएको रसायनिक मलहरु कमतौल समेत हुने गरेको उनको भनाई रहेको छ् ।

भारतीय बजारबाट ल्याईएका मलको साटो गोबर तथा पातपतिङ्गर खेतमा प्रयोग गर्न माहाकाली नगरपालिका कृषी शाखा कार्यालयका प्रमुख कमलापती भट्टले सबैलाई आग्रह गरेका छन् ।

भारतीय बजारबाट सुरक्षाकर्मीको आँखा छलेर मल सीमावर्ती माहाकाली नगरपालिकाका बस्तीमा बिगत लामो समय देखि किसानहरुले ल्याएर आफ्नो खेतवारी प्रयोग गर्दै आएका छन् ।

किसानलाई नेपाली मलको अभाव यस पटक पनि नौलो होइन् । किसानले सास्ती पाएरै खेतीपाती गर्दै आएका छन् । नेपाली बजारमा मल नपाएपछि माहाकालीका किसानले खेतमा मल प्रयोग गर्न अनेक बाटो अपनाउदै आएका छन् ।

धान भित्र्याएर गहु खेतीको तयारी सुरु अवस्थामा कञ्चनपुर सहित सुदूरपश्चिम प्रदेशमा मलको अभाव देखिएको छ् ।

कृषि सामग्री कम्पनी लिमिटेडले डिएपी मलको अभाव भएको जनाएको छ् । कञ्चनपुरमा किसानले भारतबाट आयात गरिने मलचर्को मूल्य संगै मिसावट खरीद गर्नु परेको किसानको दुखेसो छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here