१९ माघ, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो क्याबिनेटबाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन रिसाएर हिंडेको जानकारी गराएकी छिन् ।
सोमबार राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्ने क्रममा उनले यस्ताे बताएकी हुन्। उनले भनिन् ‘ केही कानुन बनाउन भनेको र ती कानुन बनाउने कुरामा सहयोग गर्न नसक्दा पुन रिसाएर हिंडेका हुन्।’दुई चार कानुन बनाउन भन्नुभएको थियो । ती कानुन राम्रै थियो,तर हामीले छाटो समयमा कानुन बनाएर सहयोग गर्न सकेनौं । अनेक परिस्थिति हुन्छ । सबै कुरा हुँदैन ।’























