हस्तकला ब्यापार मेला तथा प्रतियोगिता मंसिर १२ गतेबाट, २ सय भन्दा धेरै स्टल

काठमाडौं, २० कात्तिक । १७ औं हस्तकला व्यापार मेला तथा १५ औं हस्तकला प्रतियोगिता मंसिर १२ गतेबाट काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ ।
बुधवार काठमाडौंमा आयोजना भएको पत्रकार सम्मेलनमा नेपाल हस्तकला महासंघका अध्यक्ष सुरेन्द्र भाई शाक्य मेला तथा प्रतियोगिता मंसिर १२ गतेबाट आयोजना हुने जानकारी दिए ।

२ सय भन्दा धेरै स्टल

मेलामा ८ वटा प्याभिलियन सहित २ सय भन्दा धेरै स्टलहरु हुने महासंघले बताएको छ । मेलामा नेपाल सहित भारत, बंगलादेश तथा श्रीलंका आदि देशहरुको २० भन्दा धेरै स्टलहरु रहने महासंघले बताएको छ ।
मेलामा एक आर्कषक स्टललाई पुरस्कारको पनि व्यवस्था रहेको महासंघले बताएको छ ।

प्रतियोगितामा उत्कृष्ट हुनेलाई पुस्कार

१५ औं हस्तकला प्रतियायेगितामा उत्कृट हुने मानिसहरुलाई पुस्कारको पनि व्यवस्था रहेको छ । मेलामा खुल्लातर्फ धातुको भाडा बनाउने तथा फरक क्षमता भएका मानिसहरुको लागि भने चित्रकला विधा रहेको छ ।

प्रतियोगितामा प्रथम हुनेको लागि ५० हजार रुपैयाँ, दोस्रो हुनेको लागि ३० हजार रुपैयाँ र तेस्रो हुनेको लागि २० हजार रुपैयाँको व्यवस्था रहेको छ ।
पुरस्कारको लागि मात्रै २ लाख रुपैयाँ बराबरको विनीयोजन गरिएको ।

२ लाखले अबलोकन तथा १० करोडको व्यापार लक्ष्य

मंसिर १२ गतेबाट १६ गते (५ दिन) सम्म चल्ने मेलामा २ लाख भन्दा धेरै मानिसहरुले अवलोकन गर्ने लक्ष्य लिएको महासंघले बताएको छ ।
मेला अवधिभर झण्डै १० करोड भन्दा धेरैको कारोबार गर्ने अपेक्षा महासंघले लिएको छ ।

यस्तो छ मेला प्रवेश शुल्क

मेलाको प्रवेश शुल्क भने प्रतिव्यक्ति ५० रुपैयाँ रहेको महासंघले बताएको छ । जसमा विद्यार्थीको लागि ५० प्रतिशतसम्मको छुट रहे बताईएको छ । यसका साथै जेष्ट नागरिकको लागि निशुल्क प्रवेशको व्यवस्था रहेको छ ।
५ दिनसम्म चल्ने मेलाको उद्घाटन भने अर्थमन्त्री युवराज खतिवडाले गर्ने कार्यम रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here