केपि ओलीले भने ‘ कतिपयले ख्यालख्यालजस्तो प्रधानमन्त्रीको उम्मेदवार बन्छु भनेका छन्’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालेन शाहलाई लक्षित गर्दै ख्यालख्यालजस्तो प्रधानमन्त्रीको उम्मेदवार बन्छु भनेकाे बताएका छन्।

झापा–५ मा सोमबार आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । उनले आफ्नो क्षेत्रमा प्रतिस्पर्धामा रहेका रास्वपा वरिष्ठ नेता बालेन शाहलाई लक्षित गर्दै यस्तो बताएका हुन् ।

उनले भने ‘बच्चाबच्चिले पनि ख्यालख्यालमा प्रधानमन्त्री बन्छु, राष्ट्रपति बन्छु’ भन्छ ‘तर उ बन्ने होइन नि । त्यस्तै कतिपयलाई ख्याल ख्यालजस्तो लाग्यो भनिदिए ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here