नेपाल धितोपत्र बोर्डको अध्यक्ष छान्न समिति गठन

काठमाडौं २०, कात्तिक । धितोपत्र बोर्डको अध्यक्ष छान्न सरकारले तीन सदस्यीय समिति गठन भएको छ ।

राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुँयालको संयोजकत्वमा उक्त समिति गठन भएको हो ।

समितिको सदस्यमा राजस्व सचिव शिशिरकुमार ढुंगाना र नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आइक्यान) का अध्यक्ष कृष्णप्रसाद आचार्य छन् ।

समितिले नयाँ अध्यक्षका लागि प्रस्ताव सहितको आवेदन आब्हन गर्ने छन् । परेका आवेदनबाट तीन जनाको नाम छनोट गरी समितिले सरकारलाई सिफारिस गर्ने छ । यसरी सिफारिसमा परेका मध्येबाट सरकारले १ जना लाई छनो्ट गर्ने छ ।

निवर्तमान अध्यक्ष रेवतबहादुर कार्कीको चार वर्षे कार्यकाल सकिएपछि असोज ३० गते देखि सो पद रिक्त छ ।

हाल कामू अध्यक्षको जिम्मेवारी बोर्डका कार्यकारी निर्देशक परिष्ठनाथ पौड्यालले पाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here