माहाकालीका वन्यजन्तु पीडितलाई राहत

पप्पु गुरुङ्ग, दोधारा २१ कात्तिक । हिमालय मध्यवर्ती उपभोक्ता समितीले माहाकालीका वन्यजन्तु पीडितहरुलाई राहत वितरण गरेको छ ।

माहाकाली नगरपालिका वडा नं. ४ स्थित रहेको हिमालय मध्यवर्ती उपभोक्ता समितिको कार्यालयमा एक कार्यक्रमकोबीच राहत दिएको हो ।

माहाकाली नगरपालिका वडा नं. १ देखि ५ सम्मका वडाहरुमा वन्यजन्तु पिडित किसानहरुलाई वितरण गरिएको हिमालय मध्यवर्ती उपभोक्ता समिती चाँदनीका अध्यक्ष पदम बहादुर सिंहले बताए ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालय माझगाँउको सहयोग र शक्लाफाँटा मध्यवर्ती ब्यवस्थापन समिति मार्फत साबिकका चाँदनी गाबिसका १२ जना वन्यजन्तु पिडितहरुलाई रु. १ लाख ३४ हजार ६ सय रुपैयाँ नगद रकम बितरण गरिएको हिमालय मध्यवर्ती उपभोक्ता समितीका अध्यक्ष पदम बहादुर सिंहले बताए ।

वन्यजन्तुले वालीनाली तथा चौपायालाई क्षती पु¥याएको भन्दै १२ जना वन्यजन्तु द्वन्द्व पीडितलाई १ लाख ३४ हजार ६ सय रुपैयाँ वितरण गरेको हो । बितरण कार्यक्रममा हिमालय मध्यवर्ती उपभोक्ता समिती सचिव मान बहादुर राना, कोषाध्यक्ष सरोज चन्द, माहाकाली नगरपालिका वडा नं. ३ का वडा सदस्य तेज सिंह थापा, स्थानिय तथा वन्यजन्तु द्वन्द्व पीडितहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा वन्यजन्तु पिडित भनिएका दामोद प्रसाद भट्ट, कमला मल्ल, कल्याण सिंह बोहरा, गम्भिर सिंह साउद, अर्जुन सिंह भण्डारी, प्रेमकला देबी ढकाल, सेते महर, भागा देबी पन्त, मानमती नाथ, बेलमती नाथ, बलदेब नाथ र हंस बहादुर सुनारले राहत पाएका हिमालय मध्यवर्ती उपभोक्ता समिती चाँदनीले जनाएको छ् ।

कृषिको राम्रो सम्भावना भए माहाकाली नगरपालिका क्षेत्रमा बिगत लामो समय देखि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र भारतिय जंगलबाट बस्ती भित्रिदै आएका वन्यजन्तुको हुलले नोक्सानी गर्दै आएको छ भने किसानहरुको चौपायालाई आक्रमण गरि खाने गरेको छ् ।

पछिल्लो समय वन्यजन्तुको ओहोरदोहोर भइरहेको वन्यजन्तु संरक्षण अभियन्ताहरु बताउछन् । वन्यजन्तु सुरक्षित स्थान खोज्दै संरक्षित बन क्षेत्रमा आईपुग्दा नजिकै रहेको मानव बस्तीमा वन्यजन्तु र मानव बिच द्वन्द्व बढ्न थालेको जानकारहरु बताउछन् ।

मानव बस्तीमा जनचेतना जगाउने तथा वन्यजन्तुलाई मानव बस्तीमा आउनबाट रोक्न विभिन्न उपाय खोजी भईरहेको हिमालय मध्यवर्ती उपभोक्ता समितीले जनाएको छ् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here