अब भारतबाट स्थलमार्गमार्फत आउने सर्वसाधारण (यात्रु)ले ५ सय रुपैयाँ सम्मको समानमा भन्सार शुल्क नलाग्न भएको छ । सरकारले मंगलबार राजपत्रमा सूचना प्रकाशित गरेर यस्तो व्यवस्था गरेको हो ।
यसअघि सरकारले स्थलमार्गबाट आउने यात्रुले सय रुपैयाँ भन्दा बढीको सामानमा भन्सार शुल्क लिन थालको थियो । यसको धेरै विरोध भएपछि सरकारले ५ सय रुपैयाँसम्मको सामानमा भन्सार शुल्क नलाग्ने व्यवस्था गरेको हो ।
राजपत्रमा प्रकाशित सूचनाको बुँदा नम्बर ५ को उपबुँदा (१) मा गरिएको व्यवस्था अनुसार, अब स्थलमार्गबाट सिमाना ओहोदोहोर गर्ने व्यक्तिले ५०० रुपैयाँसम्मको निजी प्रयोगका वस्तु साथमा ल्याएमा वा लगेमा भन्सार महसुल तिर्नु पर्ने छैन । यद्यपि, यस्तो सामान छाड्ने वा नछाड्ने भन्ने अन्तिम निर्णय भन्सार प्रमुखले सामानको औचित्य हेरेर गर्ने अधिकार दिइएको छ ।






















