काठमाडौं । नारायणगढ मुग्लिन सडकखण्ड अन्तरगत जलविरेमा ३ वटा सवारीसाधन एकआपसमा ठाेकिएका छन्।
जलविरेमा ३ वटा सवारीसाधन एकआपसमा ठक्कर खाँदा ८ जना घाइते भएका छन् । अहिले उक्त सडकखण्ड अवरुद्ध छ ।
सडक डिभिजन कार्यालय चितवनका अनुसार ठोक्किएका बसहरुलाई हटाउने काम भैरहेको छ।
वर्षा र पहिरोको उच्च जोखिम भएको भन्दै सुरक्षाको दृष्टिकोणले मुग्लिन नारायणगढ सडक खण्डमा चल्ने सबै किसिमका सवारीसाधनहरूमा शनिवार बेलुकी १०:०० बजे देखि जिल्ला प्रशासन कार्यालयद्वारा लगाईएकाे राेक आज बिहानैदेखि संचालनमा आएको थियाे ।सडक डिभिजन कार्यालयले सीमित गतिमा लेन अनुशासनमा रही सवारीसाधन चलाउन अनुरोध गरेको छ ।
