बोडे र मूलपानी जोड्ने मनोहरा खोलाको पुल भासियाे

काठमाडौं । भक्तपुरको बोडे र काठमाडौंको मूलपानी जोड्ने मनोहरा खोलाको पुलसँगैको जमिन भासिएकाे छ।

हिजाेदेखि निरन्तर परेको वर्षाको कारण मनोहरा खोलामा आएको बाढीबाट सडकको जमिन भासिएर मनोहरा पुल भासिएकाे हाे। अहिले साे पुलबाट यातायात आवागमनमा रोक लगाइएकाे छ।