महासंघको विधान संसोधनको मुद्दा किनारा लाग्यो,आगामी अध्यक्ष शेखर गोल्छा पक्का

काठमाडौं, २४ कात्तिक । नेपाल उद्योग बाणिज्य महासंघको विशेष साधारण सभा नगर्ने विधान संसोधन समितिको निर्णयलाई स्थायी समिति बैंठकले अनुमोदन गरेको छ ।

विशेष साधारणसभा गरी विधान संशोधनसहित भावी अध्यक्षका लागि पुरानो व्यवस्था हटाउने चाहना चिप्लिएसँगै आगामी आगामी अध्यक्ष शेखर गोल्छा पक्का भएका छन् ।

आजको स्थायी समिति बैंठकले विशेष साधारणसभा नगर्ने निर्णय गरे गरेसँगै फरक मत राख्दै आएकाहरु पछि हटेका छन् ।

विधान संशोधन समिति गठन गरेसँगै यहि विषयमा लामो समयसम्म विवाद रहदै आएको थियो ।

महासंघमा बरिष्ठ उपाध्यक्ष नै आगामी अध्यक्ष हुने परम्परा वैधानिक हिसाबले चलिआएको थियो । अब महासंघको नियमित साधारण सभा आगामी चैतमा हुनेछ ।

विधान संसोधनको मुद्दा किनारा लागेसँगै चैतपछि गोल्छा स्वत महासंघको अध्यक्ष बन्ने छन् ।

वरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष बन्न पाउने वा नपाउनेदेखि प्रदेशसंघको कार्याधिकार, कार्यकारीणी समितिको पदावधीलगायत ३८ बुँदामा संसोधन हुने भनिएपनि निवर्तमान अध्यक्ष पशुपति मुरारकाले विधान संसोधन समितिले प्रक्रिया नपुर्याई विधान संसोधनको काम अगाडि बढाएको भन्दै फरकमत राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here