ठमेलमा ‘फ्लेबर अफ काश्मिर’ फेस्टिवल

काठमाडौं, २५ कात्तिक । काठमाडौं ठमेलमा नोभेम्बर १२ देखि २४ सम्म ‘फ्लेबर अफ काश्मिर’ फेस्टिवल हुने भएको छ ।

शान्ति हस्पिटालिटी म्यानेजमेन्ट सर्भिसेस (एसएचएमएस) द्वारा सञ्चालित अलफ्ट काठमाडौं ठमेलले गर्न लागेको काश्मिरी स्वादिष्ट भोजन फेस्टिवल भारतीय राजदुत मञ्जीव सिंह पुरीले उद्घाटन गर्नेछन् ।

कास्मिरी क्वाजाइनका लागि उस्ताद एम्बेसेडर तथा भारतिय सेलिब्रेटी शेफ सञ्जय रैनाले काश्मिर फ्लेबरले भरिपूर्ण मेन्यू पेश गर्ने होटलले जनाएको छ ।

उद्घादन समारोह पछि, अतिथिहरुले इन्डियन एम्बेसीको स्वामी विवेकानन्द कल्चरल सेन्टरले तयार पारेको काश्मिरीको सांस्कृतिक प्रस्तुतीको आनन्द समेत लिन सक्नेछन् ।

फ्लेबर अफ काश्मिरमा काश्मिरी क्विजीन पेश गरिनेछ जसमा प्रत्येक भोजनहरु शेफ रैनाको अथेन्टिक अफरिङ्गको एक्सटेन्सीभ मेन्यूबाट चयन गरिनेछ । जसमा तपाईले आफुलाई मनपर्ने पुरानो स्वादहरु तथा केहि नयाँ भोजनहरुको आनन्द सक्नुहुने होटलले जनाएको छ ।

सबै मेन्यूका आईटमहरु शेफ सञ्जय रैना, अलफ्ट काठमाडौं ठमेलका कार्यकारी शेफ शैलेन्द्र सिंह र टिमले तयार गर्नेछन् । भारतमा तथा विश्वभर प्यारडाइज अन अर्थले प्रख्यात काश्मिर प्राकृतिक सौन्दर्यले मात्र सम्पन्न नभएर उत्कृष्ट भोजनहरुको धरोहर पनि हो ।

काश्मिरी संस्कृति क्विजीन मार्फत प्रदर्शन गर्ने उद्देश्यले, कार्यकारी शेफ शैलेन्द्र सिंहले शेफ रैनाका साथ एक्जोटिक ग्वरमेन्ट भोजनको अनुभव लिन चहानेहरुका लागि स्वादिष्ट क्वीलिनेरी मेन्यू विकास गरेका हुन् । शेफ रैना र उनको टिम यो इभेन्टका लागि दिल्लीबाट नेपाल आएका हुन् ।

अलफ्ट काठमाडौं ठमेलका जनरल म्यानेजर बिक्रम सिंहले काश्मिरको अथेन्टिक फ्लेबरहरु नेपाल ल्याउन पाउँदा खुसी लागेको बताए ।

‘शेफ रैना विश्वभरका हाई–इन्ड स्टेट डिनर र फुड फेस्टिभलमा अविस्मरणीय भोजन अनुभव प्रदान गर्ने मेन्यूहरु विकास गर्न परिचित छन् ।

जब हामीले काश्मिरी फुड फेस्टिभल आयोजना गर्ने निर्णय गर्यौं तब हामीलाई हाम्रो भान्छामा कस्को प्रतिभा पेश गर्ने भन्ने बारेमा कुनै प्रश्न नै थिएन ।’ उनले भने–‘फेस्टिभलमा आउने कुनैपनि फुडीले शेफ रैनाको कुकिङ प्रतिको माया र प्यासनलाई तुरुन्तै बुझ्नेछन् ।’

हाल विश्वका २६ देशमा १४० भन्दा बढी अलफ्ट होटल सञ्चालनमा छन् । अलफ्ट नयाँ पुस्ताको होटल हो जसले संगीत, ढाँचा र प्रविधिका माध्यमबाट पाहुनालाई बढिभन्दा बढी मनोरञ्जन प्रदानगर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here