चिनियाँं कम्पनी नेपालमा लगानी गर्न इच्छुक

काठमाडौं २६ कात्तिक । चीनको वातावरणमैत्री निर्माण सामाग्री उत्पादन गर्ने एउटा ठूलो कम्पनीले नेपालमा लगानी गर्न इच्छा देखाएको छ ।

चीनस्थित सानडोग टाइक्सिग मेशिनरी कम्पनी लिमिटेडले नेपालमा लगानी गर्न इच्छा प्रकट गरेको हो ।

कम्पनीका अध्यक्ष यान पिग झागको नेतृत्वमा नेपाल आएको सात सदस्यीय टोलीले नेपालमा लगानीको वातावरण भए अर्काे वर्षदेखि नै लगानी थाल्ने जनाए ।

अध्यक्ष झांगले नेपालमा आफूहरुले वातावरणीय निर्माण सामाग्री उत्पादन गर्ने मेशिनको उत्पादनमा लगानी गर्ने इच्छा रहेको बताए ।

विकाशको मूल आधार नै निर्माण सामाग्री रहेकोले चीनमा जस्तै हामी नेपालमा पनि यही क्षेत्रमा लगानी गर्न चाहन्छौं, उनले भने । त्यसो त हाम्रो कृषि क्षेत्रमा पनि लगानी छ, त्यसकारण हुन त हामी दुवै क्षेत्रमै लगानी गर्न चाहन्छौं ।

१५ मिलियन डलर लगानी रहेको कम्पनीले उत्पादन गरेका मेशिनरी सामानहरु भारत, बंगलादेश, नेपाल, टुजि किस्टान लगायतका १९ वटा देशहरुमा निर्यात भइरहेको जनाइएको छ ।

कम्पनीले विशेष गरेर वातावरणमैत्री निर्माण सामाग्री उत्पादन गर्ने र कृषिमा लगानी रहेको जनाइएको छ । चीनमा मुख्य कारखाना रहेको कम्पनीको लगानी चीन बाहिरको देशहरुमा रहेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here