धेरै कर तिर्ने करदाताको सूची सार्वजनिक,क-कसले तिरे बढी कर ?

काठमाडौं, १ मंसिर । नेपालका सबैभन्दा धेरै कर तिर्ने करदाताको सूची सार्वजनिक भएको छ।

आन्तरिका राजश्व विभागले आठौं कर दिवसका अवसरमा आइतबार काठमाडौंमा गरेको कार्यक्रममा सबैभन्दा धेरै कर तिर्ने करदाताका सूची सार्वजनिक
गर्दै सम्मानित गरेको हो ।

क्षेत्रगत रुपमा सबैभन्दा बढी कर तिर्ने औद्योगिक व्यवसायिक प्रतिष्ठान तथा वित्तीय संस्थाहरु सम्मानित भए । क्षेत्रगत हिसाबमा सबैभन्दा धेरै कर तिर्ने १५ करदाताको सूचीको पहिलो नम्बरमा सूर्य नेपाल परेको छ ।

सूर्य नेपालले भ्याट, अन्तशुल्क र आयकर समेत गरी सबैभन्दा बढी कर तिर्ने कम्पनीको रुपमा सम्मान पाएको हो । उक्त सम्मान कम्पनीका तर्फबाट प्रबन्ध निर्देशक रवि केसीले ग्रहण गरेका थिए ।

निर्यातकर्तामध्ये सबैभन्दा धेरै कर तिर्नेमा डाबर नेपाल छ। त्यस्तै व्यक्तिगततर्फ सबैभन्दा बढी कर तिर्नेमा सिद्धार्थ शमशेर जबरा देखिएका छन्।

सूचीमा कृषि एवं पशुपक्षी उद्योग, सहकारी तथा लघुवित्त, बैंक र वित्तीय संस्था, बिमा व्यवसाय, स्वास्थ्य तथा शिक्षा सेवा लगायत विभिन्न क्षेत्रगत आधारमा बढी कर तिर्ने करदाताको नाम छ।

आर्थिक बर्ष २०७५/७६ निर्यातकर्तामध्ये सबैभन्दा बढि आयकर तिर्नेमा डाबर नेपाल रहेको छ । उद्योगमा मदिरा र चुरोट बाहेक सबैभन्दा बढि आयकर तिर्नेमा जगदम्बा स्टिल्स प्रालि रहेको छ ।

नेपाल लाइफ इन्स्योरेन्सलाई बीमा कम्पनीको तर्फबाट उत्कृष्ठ कर तिर्ने कम्पनीको रुपमा सम्मानित गरिएको छ ।

कृषि तर्फ अन्नपूर्ण एग्रो रहेको छ भने । सहकारी तथा लघुवित्तमा छिमेकी लघुवित्त अग्रस्थानमा रहेको छ । मौरिसस प्रा.लि. र घोरोही सिमेन्ट समेत क्षेत्रगत रुपमा सम्मानित भएको छ ।

त्यस्तै स्वास्थ्य र शिक्षा क्षेत्रको तर्फबाट आयकर तिर्नेमा मणिपाल मेडिकल कलेजलाई सम्मान गरिएको छ भने व्यापार व्यवसायमा मोटर विक्रेता कम्पनी अग्नी इन्कर्पोरेट रहेको छ ।

सूचना प्रविधिमा वल्र्डलिंक, पर्यटन क्षेत्रमा तारागाउँ रिजेन्सी होटेललाई सम्मान गरिएको हो । मध्यमस्तरीय करदाताको तर्फबाट भने कामना सेवा विकास बैंक सबैभन्दा बढी कर तिर्ने कम्पनी बनेको छ ।

व्यक्तिगततर्फ सबैभन्दा बढी आयाकर तिर्नेमा सिप्रदी ट्रेडिङका कार्यकारी अध्यक्ष सिद्धार्थ शम्शेर राणालाई सम्मान गरेको छ । उनले पछिल्लो समय व्यक्तिगततर्फ लगातार सबैभन्दा बढी कर तिर्दे आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here