एशियाभर प्लास्टिक झोला प्रतिबन्ध अभियान,प्लास्टिकको सट्टा केरा पात

काठमाडौं, १ मंसिर । फोहोरमैला व्यवस्थापनकालाई सबैभन्दा बढि टाउको दुखाईको बिषय बनेको प्लास्टिकको झोला प्रतिबन्ध लगाउने अभियान विश्वभर चलेको छ ।

शहरको सौदर्य बिगार्ने, दुर्गन्ध बढाउने नकुहिने प्लास्टिकको अत्यधिक प्रयोगले वातावरणलाई प्रदुषित बनाएको भन्दै प्लास्टिक झोला प्रयोग गर्न प्रतिबन्ध लगाउने अभियान एशियाभर देखिएको हो ।

नेपालमा भने यो अभियान घोषणामा मात्रै सिमित भएको छ । नेपालमा सरकारले २०७२ साल वैशाख १ बाट लागु हुने गरी ४० माइक्रोनभन्दा कम तौलका प्लास्टिक झोला प्रयोग गर्न नपाउने नीति ल्याएको थियो । तर त्यो नीति अलमलमा नै रहेको छ ।


थाइल्यान्डबाट भियतनामका सुपरमार्केटहरूले प्याकेजिङको लागि प्लास्टिकको सट्टा केराका पात प्रयोगमा ल्याउने उपाय प्रचलन ल्याएको छ ।

थाइल्यान्डको चियांगमाई स्थित रिम्पि सुपरमार्केटले ल्याएको इको–फ्रेन्डली प्याकेजिङ प्रणलीले विश्वभर चर्चा कमाइरहेको छ। उनीहरुले तरकारी र फलफुलमात्र नभएर मासुसमेत पातमा प्याक गर्दै आएका छन्।

चेन, लोटे मार्ट, साइगन सहकारीता र बिग सीलगाएत भियतनामका सबै ठूला सुपरमार्केटहरुले थाई स्टोरको उक्त उपायलाई पाइला पाइला मा पछ्याउन थालेका छन्।

भिएनएक्सप्रेस को एक अन्तर्वार्तामा, लोटे मार्ट चेनका एक प्रतिनिधिले उनीहरु अझैँ पनि परीक्षण कै चरणमा रहेको र राष्ट्रव्यापी रुपले नै प्लाष्टिकको प्रयोगलाई प्रतिस्थापन गर्ने योजनामा रहेको बताए।

उनीहरुले तरकारी र फलफुलमात्र नभएर मासुसमेत पातमा प्याक गर्दै आएका छन्। भिएनएक्स्प्रेस्को अनुसाार यो उपायले प्लास्टिकको प्रयोगलाई न्युनिकरण गर्न भियतनामा महत्वपुर्ण भुमिका खेल्ने जनाईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here