को-को परे सत्य निरूपण तथा मेलमिलाप आयोगमा (नामावली सहित)

काठमाडौं, २ मंसिर । सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगमा सिफारिस गरिएका पदाधिकारीहरूको नाम सार्वजनिक भएको छ।

सोमबार दुई आयोगका अध्यक्ष तथा सदस्यहरूमा सिफारिस ६१ जनाको नाम सार्वजनिक भएको हो ।

अध्यक्षका लागि १३ जनाको नाम सिफारिस गरिएको छ। आयोगमा सिफारिसमा परेका नामहरूको विषयमा कुनै प्रतिक्रिया भए पाँच दिनभित्र सिफारिस समितिको सचिवालयमा सूचना दिन भनिएको छ।

पदाधिकारी चयन गर्न आइतबार बसेको सिफारिस समितिको बैठकले उनिहरुको नाम सिफरिस गरेको थियो ।