पप्पु गुरुङ्ग, दोधारा २ मंसिर । ‘मन विनाको धन ठुलो कि धन विनाको मन..।’ अशोक दर्जीले गाएका यो गीतले समाजमा ठुलो प्रश्न खडा गरिदिएको छ् । युगौ देखि चल्ने धन हुने र मन हुनेको खिस्सा गीतमा आएर जोडियो, फेरि उहि धन र मनको बहस अघि बढायो ।
मन र धन दुवै भयो भने पक्कै पनि मान्छे समाजको हितका लागि अरुको सहयोगको लागी समर्पित हुन सक्छ भन्ने मान्यता छ् । मान्छे उसको धन र दौलतलाई हेरेर व्यवहार गर्छ । ज्यु, हजुरिया पनि धन पैसालाइ गर्छ । पैसा भने पछि आजको मान्छे गर्नै नहुने काम पनि गर्छ, गिर्नै नहुने तह सम्म पनि गिर्छ ।
वाह धन ,वाह आजको मान्छे यस्तै तितो यथार्थको बिचमा माहाकाली नगरपालिकाका एक वडा अध्यक्षले भने आफ्नो तर्फबाट उदाहरणीय काम गरेका छन् ।
उनले आफुले पाउने सेवा सुबिधाबाट वडाका अनाथ तथा गरिब बिद्याथीहरुलाई सहयोग गरेका छन् । माहाकाली नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष भक्त बहादुर सुनारले आफुले पाउने सेवा सुबिधाबाट वडाका अनाथ तथा गरिब बिद्यार्थीहरुलाई पोशाक, कापी, कलम, झोला दिएर सहयोग गरेका छन् ।
आफुले ढिलो आएर अनाथ र गरिब नानीहरुको बारेमा थाहा पाउन सकेको बताउदै वडामा अहिले आएर बजेट नभएको हुदा आफ्नो पाउने सेवा सुबिधाबाट उनिहरुलाई सहयोग गरेको माहाकाली नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष भक्त बहादुर सुनारले बताएका छन् ।
‘वडामा रहेका अनाथ तथा गरिब बिद्यार्थीहरुको अवस्था निकै दैनिय रहेको कारण सहयोग गरेको हु’ वडा अध्यक्ष भक्त बहादुर सुनारले भने । उनले आफ्नो वडामा रहेका तथा शारदा सरस्वती माबिमा कक्षा ८ मा अध्यनरत रोहिन ठगुन्ना र नारायणी ठगुन्नालाई पोशाक, कापी, कलम, झोला दिएर सहयोग गरेका छन् ।
वडा अध्यक्ष सुनारले आफ्नो वडामा रहेका अनाथ तथा गरिब नानीहरुलाई विवरण संकलन गरि आफुले पाउने सेवा सुबिधाबाट सहयोग गर्ने प्रण समेत गरेका छन् । शारदा सरस्वती माबिमा कक्षा ८ मा अध्यनरत रोहिन ठगुन्नाले आफु अनाथ भएको र घरको आर्थिक अवस्था निकै दैनिय रहेको हुदा वडा अध्यक्षले गरेको सहयोगले आफुलाई निकै ठुलो गुन लगाएको बताएका छन् ।
‘हामीलाई अध्यनको लागी सहयोग गर्नुभएको वडा अध्यक्षज्युलाई धन्यबाद’ शारदा सरस्वती माबिमा कक्षा ८ मा अध्यनरत रोहिन ठगुन्नाले भने । आर्थिक रुपमा विपन्न र कमजोर समुदायबाट आफु हुर्केको बताउदै वडा अध्यक्ष भक्त बहादुर सुनारले वडामा रहेका वालवालिकालाई शिक्षाबाट बन्चित हुन नदिने प्रण समेत गरेको बताएका छन् । ‘शिक्षा बिना मानिस पशु हुन्छ, तसर्थ शिक्षा क्षेत्रमा मेरो बिशेष ध्यान हुनेछ्’ वडा अध्यक्ष भक्त बहादुर सुनारले भने ।
माहाकाली नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष भक्त बहादुर सुनारको उक्त कार्यले स्थानियबाट प्रशंसा पाउन थालेको बताईएको छ् ।