प्रतितोला ४०० रुपैयाँले बढ्यो सुनको भाउ, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं, ३ मंसिर । मंगगलवार छापावाल सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ ।

सोमवार प्रतितोला ७१ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलवार ४ सय रुपैयाँले बढेर प्रतितोला ७२ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी महासंघले बताएको छ ।

मंगलवार तेजावी सुनको मूल्य पनि ४ सय रुपैयाँले बढ्यो ।

सोमवार प्रतितोला ७१ हजार ३ सय रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्य मंगलवार ४ सय रुपैयाँ बढ्दै प्रतितोला ७१ हजार ७ सय रुपैयाँ पुगेको महासंघले बताएको छ ।

मंगलवार चाँदीको मूल्य पनि १० रुपैयाँले बढ्यो ।

सोमवार प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्यमा मंगलवार १० रुपैयाँले बढ्दै प्रतितोला पनि ८ सय ६० रुपैयाँ पुगेको महासंघले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here