दोधारा चाँदनीमा तरकारी स्थलगत खेती तालिम तथा बिउ वितरण

पप्पु गुरुङ्ग, दोधारा,५ मंसिर । माहाकाली नगरपालिका वडा नं. ३ वडा कार्यालयको सहयोग र आस्था कृषी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजनामा माहाकाली नगरपालिका वडा नं. ३ वडा कार्यालयमा एक दिने स्थलगत तरकारी खेती तालिम तथा बिउ बिजन बितरण कार्यक्रम संम्पन्न भएको छ् ।
माहाकाली नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष पुष्कर दत्त जोशीको प्रमखु आतिथ्यमा संचालन भएको एक दिने स्थलगत तरकारी खेती तालिम तथा बिउ बिजन बितरण कार्यक्रमका सभापती आस्था कृषि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड माहाकालीका अध्यक्ष बेल बहादुर राना रहेका थिए ।

उद्धघाटन कार्यक्रमका अतिथी कृषी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका उपाध्यक्ष नाफु सिंह सा“उद, माहाकाली नगरपालिका वडा नं. ३ का वडा सदस्य तेज सिंह थापा, शेर सिंह भण्डारी, राधा सुनार, माहाकाली नगरपालिका कषि शाखा कार्यालयका प्रमुख कमलापती भट्ट, पशु शाखा कार्यालयका प्रमुख कृष्ण सिंह सा“उद, आस्था कृषी बहुउद्देश्यीय सहकारीका प्रबन्ध निर्देशक सबिना थापा मगर, स्थानिय कृषकहरुको सहभागिता रहेको थियो ।

तालिम पछि किसानहरुलाई बन्दगोबी, फुलगोबी, रायो, चाईनिज साग, भण्टा, टमाटर लगाएतका तरकारीको बिरुवा बितरण गरिएको बताईएको छ् । स्थानिय किसानहरुको आर्थिक सुधार संगै आत्मनिर्भर बनाउने उद्देश्यले तालिममा आयोजना गरिएको माहाकाली नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष पुष्कर जोशीले बताएका छन् ।

एक घर एक करेशावारी अभियान अन्तर्गत गत वर्ष देखी वडामा बिभिन्न संस्थाहरु संग समन्वय गरि किसानहरुको आर्थिक उन्नती तथा आत्मनिर्भर बनाउने उद्धेश्यले कार्यक्रमहरु संचालन गरिदै आएको वडा अध्यक्ष जोशीको भनाई रहेको छ् ।

वडाका स्थानियहरु कृषीमा आत्मनिर्भर रहेदै आएको कारण वडा कार्यालयको बजेट कृषी क्षेत्रलाई बढी प्राथमिकतामा राखिएको बताईएको छ् । भारतिय क्षेत्रबाट भित्रिदै गरेको बिषादी प्रयोग गरिएको तरकारीलाई रोक्नको लागी समेत एक घर एक करेशावारी अभियान थालिएको माहाकाली नगरपालिका वडा नं. ३ वडा कार्यालयले जनाएको छ् ।

तालिममा तरकारी खेती, तरकारी खेतीका लागी बेर्ना उत्पादन, नर्सरी ब्याड बनाउने तरिका, फाईदा, महत्व र प्लास्टिक घर निर्माण, बिरुवा लगाउने तरिका तथा ध्यान दिनुपर्ने कुराहरुका विषयमा सिकाइएको माहाकाली नगरपालिका कृषी शाखा कार्यालयका प्रमुख कमलापती भट्टले बताएका छन् । कृषकरुलाई नर्सरी राख्ने तथा बेर्ना रोप्ने विधि वारे प्राक्टीकल समेत गराएर देखाइएको कृषि शाखा प्रमुख भट्टले जनाएका छन् । योजनावद्ध ढंगबाट तरकारी खेती गर्न, ब्यवसायिक रुपमा तरकारी खेती गर्न, लिएको कर्जाको पूर्ण सदुपयोग गर्न आस्था कृषि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष बेल बहादुर रानाले कार्यक्रममा बताएका छन् ।

आस्था कृषि बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रानाले तालिममा सिकेका कुरा ब्यवहारमा उतार्नुको साथै छिमेकीहरुलाई सिकेका कुरा सिकाउन समेत आग्रह गरका छन् । आस्था सहकारीले किसानहरुलाई उत्साहित गर्न बिगतका दिनहरुमा बिभिन्न माहाकाली नगर क्षेत्रमा गर्दै आएको छ् ।

तालिममा आस्था कृषी बहुउद्देश्यीय सहकारी संस्थाका प्रबन्ध निर्देशक सबिना थापा मगरले सहकारी संस्था तथा बचतको बारेमा जानकारी गराएका थिए, ।

पशु शाखा कार्यालय माहाकालीका प्रमुख कृष्ण सिंह सा“उदले पशुहरुमा लाग्ने रोग तथा गोबर मलको बारेमा प्रशिक्षण गरेका थिए । यस्तै कृषी शाखा माहाकालमिा कार्यालयका प्रमुख कमलापती भट्टले तरकारी खेती सम्बन्धमा प्रशिक्षण गरेका थिए ।

उद्धघाटन सत्र संचालन आस्था कृषी सहकारीका लेखापाल भुवन आले मगरले गरेका थिए । स्वागत मन्तब्य सहकारीका उपाध्यक्ष नाफु सिंह सा“उदले गरेका थिए । तालिममा माहाकाली नगरपालिका वडा नं. ३ का २० कृषी समुहका ४५ जना कृषक सहभागी रहेको सहकारीका लेखापाल भुवन आले मगरले जानकारी दिएका छन् । तालिममा सहभागी भई तरकारी खेती गर्ने नया“ प्रबिधी सिक्ने पाएको भन्दै तालिममा सहभागी किसानाहरु उत्साहित भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here