‘विकासको ब्रेकिङ प्वाईन्ट कृषि मन्त्रालय मैले रोजेको हुँ, लोभ र डरमा पर्दिनँ’

काठमाडौं, ५ मंसिर । नवनियुक्त मन्त्रीहरुले पदभार ग्रहण गरेका छन्। राष्ट्रपति कार्यालयमा शपथग्रहणपछि सिंहदरबारस्थित मन्त्रालयहरुमा पुगेर पदभार गरेका हुन्।

नवनियुक्त कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले पदभार ग्रहण गर्दैगर्दा निवर्तमान मन्त्री चक्रपाणि खनाल पनि उपस्थित थिए। भुसाललाई खनालले अँगालो हालेर कार्यकक्षमा स्वागत गरेका थिए।

पदभार ग्रहण गर्दै भुसालले मन्त्रालयले गरेका कामको जस र अपजस दुबै आफूले लिने बताए । विकासको ब्रेकिङ प्वाईन्ट कृषि नै भएकोले लोभ र डरमा नपरि काम गर्ने बताए ।

यसको उत्पादन बढाएर युवावर्गलाई नेपालमा नै रोजगारीको अवसर जुटाउने प्रतिबद्धता व्यक्त गरे । अहिलेको किसनलाई ऋण बोक्ने प्रवृतीले विगारेको छ, यसको अन्त्य गर्ने र गर्ने पर्ने प्रमुख लक्ष्यको साथै कुत खाने अर्थ प्रणलीलाई ब्रेक गर्नुछ उनले भने । यहिबाट नै हाम्रो परिक्षा हुने हो ।

नेपालले पनि खाद्यान्नमा रहेको परनिर्भरता हटाउँदै खाद्य सुरक्षामा आफूलाई बलियो बनाउन सरकारको जोड रहेको बताए । अहिले पनि वार्षिक रुपमा झण्डै ४० अर्ब रुपैयाँ बराबरको खाद्यान्न आयात हुँदै आएको छ । यसलाई हटाउने पनि भुसाललाई चुनौती थपिएको छ ।

वामपन्थी आन्दोलनका प्रखर वक्ता र मार्क्सवादी चिन्तकका रुपमा चिनिएका घनश्याम भुसाल सत्ता, शक्ति र पैसाले राजनीति चल्नु हुँदैन, राजनीति सिद्धान्तका आधारमा चल्नुपर्छ भन्ने मान्यता राख्ने व्यक्ति हुन् ।

मन्त्रीलाई स्वागत गर्दै सचिव डा. युवकध्वज जिसीले मन्त्रीको कार्यकाल सम्झनलायक बनाउने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले कृषिमा धेरै मन्त्रालयको सहकार्य जरुरी रहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here