‘एक रुपैयाँ क्लिनिक’ले बचाउँदैछ सुत्केरी आमा र बच्चाको ज्यान

काठमाडौं । एक रुपैयाँ खर्चमा सुत्केरी सुविधा, त्यो पनि सुरक्षित । भारतमा अहिले सरकारले शुरु गरेको यो अभियान बिस्तार हुने क्रममा छ ।

खासगरी महाराष्ट्र राज्यबाट यसको अवधारणा आएको हो । एक रुपैयाँ क्लिनिक हरेक रेल्वे स्टेशनमा खोलिएको हुन्छ । लामो यात्राका दौरान गर्भवती महिला जब असजिलो महसुश गर्छिन, व्यथाले च्याप्न थाल्छ, त्यसपछि उनलाई सोही क्लिनिकमा झारेर सुत्केरी बनाइन्छ ।

यस्तो सुविधा आपतकालिन अवस्थामा रहेका यात्रुलाई मात्र उपलब्ध हुन्छ । किनकी स्थानीयका लागि त नजिकको अस्पतालमै प्रसुती सेवा उपलब्ध हुन्छ ।

तर, रेलमा लामो यात्रामा निस्किएका महिलाका लागि लक्षित एक एक रुपैयाँ क्लिनिकको अवधारणा महाराष्ट्र सरकारले ल्याएको हो । यो अवधारणा सन् २०१७ बाट शुरु भएको हो ।

यसले धेरै आमा र बच्चाको ज्यान बचाउन भूमिका खेलेको छ । त्यसो त यसका लागि महाराष्ट्र सरकारलाई अदालतले नै यो व्यवस्था मिलाउन आदेश दिएको थियो । एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here