बेरोजगार हुनुहुन्छ ? यसरी सुरु गर्नुहोस् करिअर

काठमाडौं । एकै युनिभर्सिटी डिग्री लिएका विद्यार्थीहरु मध्य कति आकर्षक कम्पनी प्रवेश गर्न सफल हुन्छन भने कति बेरोजगार भएर भौतारिरहेका हुन्छन् ।

आफुसँगै पढेका साथी टाई सुट लगाएर कार्यालय जाँदा आफ्नो मन खिन्न हुने स्वाभाविक रुपमा हुन्छ नै । परिवार, छिमेकीको अपेक्षा, दवाव र प्रश्नले मनमा नैराश्यता समेत उत्पन्न गर्न सक्छ ।

त्यस्ता नैराश्यताबाट मुक्त हुन तपाईले विभिन्न कम्पनीले कर्मचारीको माग गरेको देख्नु भएकै होला ।

कर्मचारी माग गरेको ठाँउमा दरखास्त दिन सक्नु हुन्छ । कुनै पनि कम्पनीले रोजगारीको दरखास्त माग गरिसकेपछि आवेदकले आवेदन दिँदा निम्न कुरामा ध्यान दिनु पर्छ ।

रोजगारदाताबारे अध्ययन

अहिले धेरैजसो रोजगारदाता कम्पनीले दरखास्त आव्हानका साथ आफ्नो नाम, ठेगाना, इमेल र फोन नम्बर खुलाएका हुन्छन् ।

रोजगारको लागि आवेदन गर्नुपूर्व इन्टरनेटको माध्यमबाट कम्पनीको बारेमा पर्याप्त अध्ययन गर्नु आवश्यक हुन्छ । साथै आफूले अध्ययन गरेको बिषय र रोजगारदाता कम्पनीले माग गरेको कर्मचारीको योग्यता मिल्छ वा मिल्दैन हेर्न गर्न जरुरी छ ।

हतारमा योग्यता नमिल्ने कम्पनीमा आवेदन गर्दा अस्वीकृत हुने सम्भावना धेरै हुन्छ र यसले आत्मबल कम हुन सक्छ ।

दरखास्त भर्दा ध्यान दिनुपर्ने कुराहरु

अहिले धेरै जस्तो कम्पनीले पोष्ट बक्स भन्दा इमेलबाट दरखास्त स्वीकार गर्ने भएकाले आफ्नै नामको इमेल प्रयोग गर्नु पर्छ । जस्तो कि तपाईको नाम …. भए रोजगारदातालाई इमेल प्राप्त हुँदा त्यही नामबाट प्राप्त हुनुपर्छ ।

यदि अन्य कुनै नाम राख्नु भएको छ भने इमेलको सेटिङ्गमा गएर परिवर्तन गर्न सक्नुहुन्छ । साथै इमेल आइडीमा आफ्नो नाम प्रयोग गर्ने अन्य इमेल प्रयोग नगर्ने । यसले रोजगारदातालाई नकारात्मक प्रभाव पार्न सक्छ र अन्तर्वाता लिखितको लागि छनोट हुने सम्भावना न्यून हुन्छ ।

Bio-data/ Cv / Resume तयार पार्ने

Bio-data/ Cv / Resume आकर्षक हुन जरुरी छ । धेरै भन्दा धेरै जानकारी दुई पृष्ठमा समावेश गर्नु उपयुक्त हुन्छ । Times view, Roman front प्रयोग गर्नु राम्रो हुन्छ ।

त्यस्तै front size १२-१४ र paragraph spacing १.५ alignment justified गर्ने, आफ्नो तस्विर पनि समावेश गर्ने , करियर बनाउने उद्देश्य र रोलक्रममा शिर्ष शैक्षिक उपाधीलाई माथि राख्नु राम्रो मानिन्छ ।

रोजगारसँग सम्बन्धित उपाधीलाई उल्लेख गर्ने र असम्बन्धित पाटाहरु उल्लेख नगर्ने । आफ्नो शौखको बारेमा उल्लेख गर्दा काल्पनिक र मनगढन्ते शौखहरु उल्लेख नगर्ने ।

आफूलाई यो जागिर किन आवश्यक छ र आफ्नो रुची के मा छ त्यसलाई उल्लेख गर्ने । आफ्नो स्थायी र अस्थायी ठेगाना राम्रोसँग खुलाउने । cv लाई pdf file format मा तयार पार्नु राम्रो मानिन्छ ।

साथै आफ्नो शैक्षिक योग्यताको प्रमाणपत्र क्रमबद्ध रुपमा एउटै pdf file मा तयार गर्ने र file size 2 mb भन्दा बढी नबनाउदाँ राम्रो हुन्छ । scan गरिसकेको फाइललाई pdf बनाउन र त्यसको size compress गर्न अर्थात घटाउन अनलाइन साइटहरुको प्रयोग सितैमा गर्न सकिन्छ ।

कभर लेटर

आफ्नो दरखास्त आवेदनको साथमा कभर लेटरपनि पठाउँदा राम्रो हुन्छ । कभर लेटरको पहिलो हरफमा रोजगारदातालाई उचित सम्बोधन गरि दरखास्त आवहानको स्रोत खुलाउने, आफुले दरखास्त दिन चाहेको पदको नाम वा कोर्ड खुलाउने ।

दोस्रो हरफमा आफ्नो उच्च शैक्षिक योग्यता , अनुभव, तालिम लिएको भए सो खुलाउने र दरखास्त आवहानमा उल्लेख गरे बमोजिम सम्पूर्ण मापदण्ड आफूमा भएको , आफु योग्य उम्मेदवार भएको र आफूलाई नियुक्त गर्दा कम्पनिलाई के फाइदा हुन्छ भनेर तथ्यपरक रुपमा खुलाउने ।

अन्तिम पंक्तिमा आफु आशावादी रहेको कुरा उल्लेख गरेर कभर लेटर लाई टुङ्गयाउँदा आफ्नो नाम, इमेल , हालको ठेगाना र मोवाइल नम्बर हाल्ने । साथै कभर लेटरलाई एक पेज भन्दा लामो नबनाउने ।

दरखास्त पठाउँदा ध्यान दिनुपर्ने कुराहरु

दरखास्तका साथ संलग्न गर्न तयार भएका फाइलहरुलाई उपयुक्त नाम दिने जस्तै cv. pdf, cover_letter.pdf, citizenship.pdf इमेलको बिषयमा आफूले आवेदन गर्न चाहेको पद, कोर्ड उल्लेख गर्ने,

इमेल पठाउँदा आफ्नो इमेल प्रयोग गर्ने , अरुको इमेलबाट पठाउँन नलाउने । केहिले साइबरबाट पठाउन लाउने, श्रीमानले श्रीमतीको पठाउने, forward गरिएका इमेल पठाउने जस्ता गल्ती गर्दा सामान्य लागे पनि यसले नकारात्मक प्रभाव पार्छ । इमेलको विषयमा फरवार्ड हुदाँ रोजगारदातालाई राम्रो छाप पर्दैन् ।

यसले गर्दा छनोटमा पर्ने संभावना कम हुन्छ । खाली इमेल नपठाउँने, इमेलकोमा उचित सम्बोधन सहित आफ्नो आवेदन माथि प्रष्ट पार्ने , कभर लेटरको सम्पादित अंश प्रयोग गर्नु पनि बुद्धिमानी हुन सक्छ ।

जीमेलको प्रयोग गर्नु राम्रो हुन्छ किनभने इमेल पठाँउदा झुक्किएर subject खाली भयो वा attachment अपलोड गर्न बिर्सियो भने (इमेलको body मा attachment शब्द उल्लेख गर्दा ) जीमेलमे सम्झाउँछ र गल्ती हुने सम्भावना कम हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here