वार्षिक १ अर्ब ६ करोडको व्हिस्की खान्छन् नेपाली, कुन देशबाट बढी भित्रिन्छ ?

जितेन्द्र खनाल

काठमाडौं, १० मंसिर । नेपालीहरुमा व्हिस्की मोह बढ्दै गएको छ । तेस्रो मुलुकबाट आयात हुने मदिराजन्य पदार्थमा विदेशी व्हिस्कीको आयत बढ्दै गएको तथ्यांकले देखाएको छ ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांक अनुसार पछिल्लो १ वर्षमा नेपालीले १ अर्ब ६ करोड ६६ लाख ८० हजार रुपैयाँ बराबरको व्हिस्की खपत गरिरहेका छन् ।

लिटरको हिसाव गर्दा नेपालमा पछिल्लो १ वर्षमा ५ लाख ७४ हजार ५ सय ७४ लिटर व्हिस्की आयात भएको छ । नेपालमा सबैभन्दा धेरै यूरोपबाट व्हिस्की आयात हुने गरेको तथ्यांकले बताएको छ ।

यूरोपको क्यानडा, फ्रान्स, आयरल्याण्ड, इटाली, स्विडेन, बेलायत जस्ता देशहरुबाट व्हिस्की आयात हुने गरेको छ । यसका साथै अमेरिका, जापान, चीन, इरान, दुवै मेक्सीको आदी देशहरुबाट पनि नेपालमा व्हिस्की आयात हुने गरेको छ ।

बेलायतबाट आउछ सबैभन्दा धेरै

नेपालमा सबैभन्दा धेरै व्हिस्की बेलायतबाट आउने गरेको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांक अनुसार पछिल्लो १ वर्षमा नेपालमा बेलायतबाट मात्रै ८८ करोड ३ लाख ३९ हजार रुपैयाँ बराबरको व्हिस्की आयात भएको छ ।

जसमा ४ लाख २५ हजार ३४ लिटर व्हिस्की आयात भएको थियो । यसका साथै सबैभन्दा धेरै व्हिस्की आयात हुने दोस्रो अमेरिका रहेको छ । पछिल्लो १ वर्षमा अमेरिकाबाट मात्रै १२ करोड ४ लाख २६ हजार रुपैयाँ बराबरको व्हिस्की आयात भएको छ । जसमा ८३ हजार ६ सय ७० लिटर रक्सी आएको छ ।

यस्तो छ व्हिस्की आयातको तथ्यांकः

स्रोतः व्यापार तथा निकासी प्रवद्र्धन केन्द

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here