१३ औं साग प्रतियोगिताः दोहोरिएला १९९९ को इतिहास ?

काठमाडौ, ११ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता ‘साग’को तयारी अन्तिम चरणमा पुगेको छ । डिसेम्बर १ देखि १० तारिख (मंसिर १५ देखि २४) सम्म नेपालको काठमाडौं, पोखरा र जनकपुरमा प्रतियोगिता हुँदैछ ।

दशरथ रंगशालास्थित भलिबल कोर्टमा भलिबल खेल भने आजदेखि सुरु भएको छ । १३ औं साग भनेको अहिलेसम्ममा ईतिहासकै सबैभन्दा बढि खेल भएको प्रतियोगिता हो ।

पहिलो पटक १९९९ मा खेल गराउँदा १२ वटा गेम मात्र भएको थियो । यसपाली सबै गरेर २७ वटा गेम थियो । प्याराग्लाईडिङ हुने नभएर २६ वटा भएको थियो । पछि फेरी भलिबल र बास्केटबल थपेर २८ वटा खेलमा प्रतिस्पर्धा हुँदैछ ।

२८ वटा खेलमा २५ वटाको स्थान तयारी अवस्थामा रहेको छ । हिटिङ स्विमिङपुल, दशरथ रंगशालाको भीआइपी प्याराफिट र पोखराको रंगाशाला ३ वटा खेलको स्थान निर्माणको अन्तिम तयारीमा रहेको छ । खेलाडी र प्रशिक्षक र पदाधिकारीहरु गरेर ५४०० जना सहभागी हुदैछन् ।

यो नेपालले सञ्चालन गरेको तेस्रो साग प्रतियोगिता हो । यो भन्दा पहिले प्रथम साग प्रतियोगिता सन् १९८४ र आठौं साग प्रतियोगिता सन् १९९९ मा काठमाडौंमा भएको थियो ।

नेपालको इतिहासकै सबैभन्दा सफल सागः आठौं साग प्रतियोगिता

नेपालको इतिहासकै सबैभन्दा सफल साग प्रतियोगिताको रुपमा आठौं साग प्रतियोगिता नै हो । सन् १९९९ नेपालमा नै भएको यस प्रतियोगितामा नेपालले १२ खेलमा ३१ स्वर्ण १० रजत र २४ काश्य गरि जम्मा ६५ पदक जित्दै ७ देश समावेश प्रतियोगितामा दोस्रो स्थान प्राप्त गरेको थियो ।

यो बाहेक अन्य कुनैपनि प्रतियोगितामा नेपालले चौथो स्थानबाट माथि उठ्न सकेको छैन् । हालसम्म भएका १२ वटा प्रतियोगितामा नेपालले ५ पटक चौंथो स्थान, ६ पटक पाचौं स्थान पाएक छ भने समान १÷१ पटक दोस्रो र छैटौँ स्थान प्राप्त गरेको छ ।

के दोहोरिएला १९९९ को इतिहास ?

सन् १९९९ पछि पहिलोपटक नेपालमा नै हुन लागेको यस प्रतियोगितामा नेपाली दर्शक तथा खेलप्रमिहरु आठौ साग कै इतिहास दोहोरिएको हेर्न चाहान्छन् ।
तर, १३ औं सागमा पनि त्यस्तै इतिहास दोहोरिनेमा भने शंका देखिन्छ ।

नेपाली खेलाडीहरुले प्रयाप्त मात्रामा अभ्यासको लागि ठाउँ नपाउनु मुख्य समस्याको रुपमा देखिएको छ ।

फुटबल र क्रिकेट मैदान अझै समस्या

फुटबल र क्रिकेट मैदानमा हालसम्म पनि समस्या देखिएको छ । नेपाली फुटवल टिममा मुख्य खेलाडी मानिने बिमल घर्ति मगर र अञ्जन विष्ट बिना नै नेपाली टोली मैदानमा उत्रदै छ । यसले पनि नेपाली टोलीललाई समस्या पार्ने अनुमान गरिएको छ ।

यसअघि नेपालमा हुने क्रिकेट र फुटवलमा भारतले सहभागिता नजनाउने बताईसकेको छ । एउटा बलियो प्रतिद्धन्दी बिना नै साग प्रतियोगिता हुने कारण पनि प्रतियोगिता नै खल्लो हुने हो कि भन्ने अनुमान गरिएको छ ।

यस्तो छ हालसम्म भएका १३ वटा साग प्रतियोगिता

क्र.सं. देश
१. नेपाल (काठमाडौं) १९८४
२. बङ्गलादेश (ढाका) १९८५
३. भारत (कोलकता) १९८७
४. पाकिस्तान (इस्लामावाद) १९८९
५. श्रीलंका (कोलम्बो) १९९१
६. बङ्गलादेश (ढाका) १९९३
७. भारत (मद्रास) १९९८
८. नेपाल (काठमाडौं) १९९९
९. पाकिस्तान (इस्लामावाद) २००४
१०. श्रीलंका (कोलम्बो) २००६
११. बङ्गलादेश (ढाका) २०१०
१२. भारत (गोहाटी र सिलोङ्ग) २०१६
१३. नेपाल (काठमाडौं, पोखरा, जनकपुर) २०१९ (बाँकी)

नेपालले कुन ‘साग’ मा कति पदक जित्यो,कहिले कस्तो छ अवस्था ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here