पठाओ र टुटललाई फरक व्यवहार नगर्नुः यातायात मन्त्री नेम्बाङ

काठमाडौं, ११ मंसिर । पठाओ र टुटललाई पहिलेभन्दा फरक व्यवहार नगर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङले निर्देशन दिएका छन् ।

मन्त्री नेम्वाङ सोमबार मन्त्रालयमा सचिव, सहसचिव र यातायात व्यवस्था विभागमा महानिर्देशकसंग कुरा गर्दै पठाओ र टुटललाई कारवाही नगर्न निर्देशन दिएका हुन् ।

यस्ता कार्यहरु २/४ वर्ष अघिबाट नै चल्दै आएको कारण मन्त्रालय पुनर्गठनसंगै यस्तो निर्णय गर्दा कन्फ्युजन हुने कारणले बर्तमान समयमा भईरहेको कारबाहीलाई रोक्दै पठाओ र टुटललाई यथास्थितिमै छाडिदिन नेम्वाङले निर्देशन दिएका हुन् ।

गएको मंसिर ४ गते यातायात व्यवस्था विभाग सूचना प्रकाशन गर्दै निजी सवारीले भाडा लिएर यात्रु बोके कारवाही गर्ने चेतावनी दिएको थियो ।

त्यसयता कतिपय सवारी साधनहरु कारबाहीमा पनि परेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here