त्रिभुवन विमानस्थलबाट सुनसहित चिनियाँ नागरिक पक्राउ

काठमाडौं, १३ मंसिर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ केजी सुनसहित दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।

त्रिभुवन विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयले नेपाल एयरलाइन्सको उडानद्वारा हङकङबाट काठमाडौं आउँदै गरेका चेन होङयाङ र सेचपेन झेयाङलाई बिहीबार राति ११:४० बजे पक्राउ गरेको हो ।

नियमित जाँचका क्रममा सुनसहित चिनियाँ नागरिकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवैजनालाई महानगरीय प्रहरी वृत्त गौशाला राखिएको छ । पक्राउ परेका व्यक्ति सुनको मालिक हुन् वा अरु हुन् भन्नेबारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here