१३ औं साग: खेलाडी,अफिसियल कुन देशबाट कति ? धेरै नेपालबाट

काठमाडौं, १३ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता ‘साग’को तयारी अन्तिम चरणमा पुगेको छ ।

डिसेम्बर १ देखि १० तारिख (मंसिर १५ देखि २४) सम्म नेपालको काठमाडौं, पोखरा र जनकपुर हुने सागमा सात देशबाट कुल २ हजार ९ सय १० खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

राष्ट्रिय टिम तयारी समितिले जनाए अनुसार २८ खेलको लागि २ हजार ९ सय १० खेलाडी ९ सय १३ अफिसियल सहभागी हुनेछन् ।

खेलाडी र अफिसियल गरी कूल ३ हजार ८ सय २३ जना सहभागि हुनेछन् । खेलाडी र प्रशिक्षक र पदाधिकारीहरु गरेर ५४०० जना सहभागी हुदैछन् ।

प्याराग्लाईडिङ हुने नभएर २६ वटा भएको थियो । पछि फेरी भलिबल र बास्केटबल थपेर २८ वटा खेलमा प्रतिस्पर्धा हुँदैछ ।

२८ वटा खेलमा २५ वटाको स्थान तयारी अवस्थामा रहेको छ । हिटिङ स्विमिङपुल, दशरथ रंगशालाको भीआइपी प्याराफिट र पोखराको रंगाशाला ३ वटा खेलको स्थान निर्माणको अन्तिम तयारीमा रहेको छ ।

सर्वाधिक धेरै खेलाडी नेपालबाट

१३ औं सागमा नेपालबाट सर्वाधिक धेरै खेलाडी सहभागी हुनेछन् । नेपालबाट ५ सय ९४ खेलाडी र १ सय ८६ अफिसियल सहभागी हुनेछन् । भारतबाट ५ सय ३५ खेलाडी र १ सय ६७ अफिसियल सहभागि हुनेछन् ।

यस्तै श्रीलंकाबाट ५ सय ५६ खेलाडी र १ सय ८६ अफिसियल, भारतबाट ५ सय ३५ खेलाडी र १ सय ६७ अफिसियल, बंगलादेशबाट ४ सय ७८ खेलाडी र १ सय ४७ अफिसियल, पाकिस्तानबाट ३ सय ७८ खेलाडी र १ सय ५ अफिसियल सहभागी हुनेछन् ।

त्यस्तै माल्दिभ्सबाट २ सय ५२ खेलाडी र ६८ अफिसियल तथा भुटानबाट १ सय १७ खेलाडी र २७ अफिसियलले सहभागिता जनाउने छन् ।

सागमा कुल ३१७ स्वर्ण, ३१७ रजत र ४८१ कास्य पदकका लागि प्रतिस्पर्धा हुँदैछ । तेस्रो पटक नेपालमा साग आयोजना हुँदैछ ।

१३ औं दक्षिण एसियाली खेलकुदको ‘साग’ सात देश को खेलाडी, प्रशिक्षक संख्या
१- नेपाल -खेलाडी ५९४ प्रशिक्षक १८६
२- भारत – खेलाडी ५३५ अफिसयल – १६७
३- बाङ्लादेश – खेलाडी – ४७८ अफिसियल – १४७
४- भुटान – खेलाडी ११७ अफिसयल २७
५- पाकिस्तान – खेलाडी ३७८ अफिसियल – १०५
६- मालदिभस – खेलाडी २५२ अफिसियल ८२
७- श्रीलंका – खेलाडी ५५६ अफिसियल – १९९

जम्मा खेलाडीहरु – २९१० अफिसियल ९१३ जम्मा ३८२३

१८ हजार सुरक्षाकर्मी तैनाथ

सागको सुरक्षा व्यावस्था कडा परिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार खेल मैदानमा हुनसक्ने सम्भावित हुलदङ्गाका साथै होटलदेखि, यातायात व्यवस्थापन र खेलकुदस्थलमा विशेष किसिमको सुरक्षा व्यवस्था मिलाइएको छ । पाहुनाहरुलाई विमानास्थलदेखि होटलसम्म, खेल्ने मैदानदेखि उनीहरुले भ्रमण गर्ने स्थलसम्म कडा सुरक्षा हुनेछ ।

साग प्रतियोगितामा नेपाल प्रहरीमात्र १० हजार ५ सय परिचालन हुनेछन् । महानगरीय प्रहरी परिसर काठमाडौँबाट ४ हजार ५००, जिल्ला प्रहरी कार्यालय कास्कीबाट २ हजार, महानगरीय प्रहरी परिसर ललितपुरबाट १ हजार ४००, जिल्ला प्रहरी कार्यालय धनुषाबाट ६ सय, ट्राफिक प्रहरी ७ सय र प्रहरी प्रधान कार्यालय मातहतबाट १३ सय जना प्रहरी सागमा परिचालन हुनेछन्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here