‘डेडिकेटेड र ट्रंक लाइनको बक्यौता राज्यले जसरी पनि उठाउँछ’

काठमाडौं,१५ मंसिर । उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले उद्योगीहरुसँग बक्यौता रकम उठाउने बताएका छन् ।

नेपाल उद्योग परिसंघमा आईतवार उद्योगी व्यवसायीहरुसँग भएको अन्तक्रिया कार्यक्रममा उद्योग मन्त्री भट्टले भने पठाएको बिल अनुसार नै उद्योगीले बक्यौता तिर्नु पर्ने बताए ।

उद्योग व्यवसाय क्षेत्रका समस्या समाधान गर्न मन्त्रालय अभिभावकको भूमिकामा सहकार्य गर्न तयार रहेको बताउँदै कुल ग्राहस्थ उत्पादनमा उत्पादनशिल क्षेत्रको योगदान बढाउन परिसंघ सहित निजी क्षेत्रसँग मिलेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

स्वागत कार्यक्रममा बोल्दै भट्टले उद्योगीले बालेको वा चलाएको विजुलीको बिल तिर्नु उद्योगीको कर्तव्य भएको बताएका हुन । ‘धेरै भएपनि थोरै भएपनि बिल त बिल नै हो,’ उनले भने, ‘तर राज्यले लिने पैसा जसरी पनि लिन्छ तपाईँहरु दिँदैनौ भन्न पाउनुहुन्न ।’

ऊर्जा मन्त्रालाय र नेपाल विद्युत प्राधिकरणले पनि छानबिन समिति बनाएको छ । त्यो समितिले के गर्ने भनेर निर्णय गर्छ । समितिको प्रतिवेदनले उठाउनु भनेर निर्देशन दियो भने सरकारले जसरी पनि उठाउने मन्त्रीले बताए ।

कार्यक्रममा विभिन्न उद्योगीको धारणाको उत्तर दिँदै उनले उद्योगीले कति विजुली चलाएको छ त्यसको लेखाजोखा भने राज्यले गरिराखेको बताएका छन । साथै विभिन्न समयमा विजुलीको बक्यौता उठाउनका लागि आफैले पनि बढि जोड गरेको समेत जानकारी दिए ।

कार्यक्रममा विभिन्न उद्योगी व्यवसायीहरुले विजुली नचलाएपनि प्राधिकरणले धेरैभन्दा धेरै युनिटको बिल आफ्नो हातमा थमाएको उनीहरुको आरोप थियो । ‘हामीले नचलाएको विजुलीको बिलको चार्ज पनि हामीलाई लगाईएको,’ उद्योगीले भने, ‘नचलाएको विजुलीको पैसा कसरी तिर्ने ?

कार्यक्रममा बोल्दै परिसंघका अध्यक्ष सतिशकुमार मोरले सरकारले पनि विजुलीमा कालोबजारी गरिरहेको आरोप लगाएका छन ।

उनले डेडिकेटेड र ट्रंकलाईनको महशुल बढि उठाएर सरकारले विजुलीमा कालोबजारी गरिरहेको आरोप लगाएका हुन । उक्त कार्यक्रममा परिसंघका पदाधिकारी, गभर्निङ्ग काउन्सील र राष्ट्रिय परिषदका सदस्यहरुको समेत उपस्थिति थियो ।

नेपाल विद्युत प्राधिकरणले देशभरका उद्योगहरुबाट करिब ११ अर्ब रुपैयाँ बक्यौता असुल गर्न बाँकी रहेको छ । प्राधिकरणका अनुसार देशका विभिन्न क्षेत्रका ठूला उद्योगहरुबाट नै बक्यौता रकम असुल्न बाँकी रहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here