१३औं साग: नेपाल पदक तालिकामा अग्रस्थानमा

काठमाडौं,१६ मंसिर । १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को पदक तालिकामा अग्रस्थानमा नेपाल रहेको छ।

नेपालले अहिलेसम्म ६ स्वर्ण, १ रजत र १ कास्य गरी ७ पदक हात पारेको छ । नेपालका मण्डेकाजी श्रेष्ठले करातेमा स्वर्ण जित्दै नेपालका लागि पहिलो स्वर्ण पदक दिलाएका थिए।

त्यस्तै तेक्वान्दोमा नेपालले दुई स्वर्ण पदक जितेको छ। नेपालका लागि गोविन्दबहादुर आले र कमल श्रेष्ठले स्वर्ण पदक जितेका हुन्। गोविन्दले पुम्सेको ५८ केजीमा स्वर्ण जितेका हुन् भने कमलले पुरुष एकलतर्फ स्वर्ण पदक जितेका हुन्।

महिला टिम काँतामा निर्मला तामाङ, संगिता मगर र सरु कार्कीले स्वर्ण जिते । काँतामा महिला एकलतर्फ चञ्चला दनुवारले रजत जितेकी छिन् ।

ट्रायाथोलनमा सोनिका गुरुङले स्वर्ण जितिन् । पोखरामा भएको ट्रायथलनमा उनले स्वर्ण जितेकी हुन् ।

स्वर्ण जित्नेहरु

तेक्वान्दो
गोविन्द आले पुम्सेको ५८ केजी
कमल श्रेष्ठ पुरुष एकल

कराँते
मन्डेकाजी श्रेष्ठ पुरुष काँता
निर्मला तामाङ, संगिता मगर र सरु काकी महिला टिम काँता

मन्डेकाजी श्रेष्ठ, महशुश तामाङ र प्रवीण महर्जन पुरुष टिम काँता

ट्रायाथोलन
सोनिका गुरुङ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here