यामाहाको महाएक्सचेन्ज मेला सुरु, यस्ता छन् अफर

काठमाडौं, १८ मंसिर । यामाहाको महाएक्सचेन्ज मेला भृकुटीमण्डपमा सुरु भएको छ । मंसिर १८ गते देखि मंसिर २२ गते सम्म पाँच दिन चल्ने महामेलामा कम्पनीले विभिन्न अफरहरु ल्याएको छ ।

महामेलामा कुनैपनी कम्पनीको पुरानो मोटरसाइकल अथवा स्कुटर साट्न सकिनेछ । एक्सचेन्ज अफरमा मोटरसाइकल वा स्कुटरको भ्यालुएसनमा कम्पनीले १५ हजार थप गरी दिनेछ ।

कुनै पनि मोटरसाइकलवा स्कुटरको प्रचलित बजार मुल्य भन्दा १५ हजार थप हुने साथै प्रत्येक नयाँ यामाहा मोटरसाइकलको खरिदमा बाइक कभर, हेलमेट, लेग गार्ड प्राप्त गर्नुका साथै ठाउँको ठाउँ फाईनान्स तथा ईन्स्युरेन्सको सुविधा समेत प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ । नयाँ बाइक अथवा स्कुटर किनेमा कम्पनीले सात हजार सम्मको नगद डिस्काउन्ट दिने व्यवस्था गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here