सीमाको विषयमा कसैले चिन्ता नलिनु भारतीय सेना पूर्णरुपमा तयारी अवस्था छ

काठमाडौं, १८ मंसिर । भारतका रक्षामन्त्री राजनाथ सिंहले सीमाको विषयमा आफ्ना देशबासीलाई चिन्ता नलिन आग्रह गरेका छन् ।

बुधबार लोकसभामा बोल्दै सीमाको विषयमा भारतीय सेना पूर्णरुपमा तयारी अवस्थामा रहेको जनाकारी गराउँदै सरकार पूर्णरुपमा जागरुक रहेको दाबी गरे ।

रक्षामन्त्री सिंहले भने, ‘म यस सदनलाई र सदनका माध्यमबाट देशबासीलाई विश्वस्त पार्न चाहन्छ’ कि सीमा सुरक्षाका विषयमा भारतीय सेना पूर्णरुपमा तयारी अवस्थामा छ ।

भारतीय सीमाको रक्षार्थ खटिएको सेना कुनै पनि किसिमको चुनौतीलाई सामना गर्न सक्षम छ । त्यसकारण चिन्ता लिनुपर्ने कुनै कारण छ ।’

लोकसभाको शून्य समयमा कांग्रेसका अधीर रञ्‍जन चौधरीले चिनियाँ सेनाका भारतीय क्षेत्रमा प्रवेश गरेको दाबी गरेका थिए । पाकिस्तानलाई पछाडिबाट सहयोग गरिरहेको चीनप्रति सधैं नरम व्यवहारमा किन भन्दै रक्षामन्त्री सिंहमाथि प्रश्न उठाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here