बैदेशिक रोजगारीमा जाने धेरै फर्किने न्यून, ४ महिनामा ७९ हजार गए, ८० हजार जाने तयारीमा

काठमाडौं, १९ मंसिर । आर्थिक वर्ष २०७६/७७ को पहिलो चार महिनाको तथ्यांक अनुसार बैदेशिक रोजगारीमा जाने मानिसहरुको संख्या ८.६ प्रतिशले बढेको छ ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो ४ महिनामा बैदेशिक रोजजगारीमा जाने नेपालीको संख्यामा ८.६ प्रतिशतले वृद्धि भएको हो ।

अर्थ मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो ४ महिनामा अनुमति र वैधानिक रुपबाट ७९ हजार ४ सय ५४ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन् ।

मन्त्रालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७५/७६ को सोहि अवधीको तथ्यांक अनुसार यो संख्या ४१.२ प्रतिशतले घटेको थियो ।

यसका साथै वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिने मानिसहरुको संख्यामा पनि वृद्धि भएको छ ।

मन्त्रालयको तथ्यांक अनुसार बैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिने मानिसहरुको संख्या ९.१ प्रतिशले बढेर ८० हजार ८ सय ९१ जान पुगेको छ ।

गत आर्थिक वर्षको सोही अवधीमा यो संख्या १०.३ प्रतिशत घटेको थियो । पछिल्ला तथ्यांक अनुसार बैदेशिक रोजगारीमा जाने मानिसहरुको संख्यामा कमी आएको देखिएपनि चालु आर्थिक वर्षको ४ महिने तथ्यांक अनुसार वैदेशिक रोजगारीमा जाने मानिसहरुको संख्यमा वृद्धि भएको पाईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here