बैंकहरु आक्रमक रुपमा कर्जा विस्तारमा,निक्षेप ४ अर्बले घट्दा कर्जा प्रवाह ७ अर्बले बढ्यो

काठमाडौं, २० मंसिर । कर्जा विस्तारमा सुस्ताएका बैंकहरु मंसिरको दोस्रो साता देखि आक्रमक रुपमा कर्जा विस्तारमा लागेका छन् । बैंकहरु कर्जा विस्तारमा आक्रमक हुन थालेपछि निक्षेप भने घटेको छ ।

मंसिर महिनाको दोस्रो सातामा बैंकिङ प्रणालीबाट ४ अर्ब निक्षेप घटेको छ । सो अवधमिा बैंकहरुको ७ अर्ब कर्जा प्रवाह गरेका छन् ।

मंसिरको पहिलो साता ९ अर्ब निक्षेप उठाएका बैंकहरुले कर्जा विस्तार ठप्पै पारेका थिए । मंसिर महिनाको दुई सातामा ५ अर्ब निक्षेप थपिँदा ७ अर्ब कर्जा प्रवाह गरेका छन्।

चालू आर्थिक वर्षको मंसिर १३ गते सम्ममा वाणिज्य बैंकहरुमा कूल निक्षेप २९ खर्ब ७९ अर्ब रुपैयाँ पुगेको छ । यस अवधिमा बैंकहरुले कूल २६ खर्ब ४७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन ।

बैंकहरुले चालू आर्थिक वर्षमा निक्षेप भन्दा ४८ अर्ब धेरै कर्जा प्रवाह गरेका छन । बैंकहरुले साउनदेखि यता १ खर्ब १ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर १ खर्ब ४९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here