पूँजीगत खर्चमा सुस्तता: चालु खर्च झण्डै २ खर्ब हुँदा पूँजीगत खर्च २४ अर्ब मात्रै

काठमाडौं, २० मंसिर । आर्थिक वर्ष २०७६/७७ को पछिल्लो ४ महिनामा पनि पूँजीगत खर्चमा कुनै सुधार देखिएको छैन् ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार कुल २ खर्ब २६ अर्ब २ करोड खर्च मध्ये पूँजीगत खर्च २४ अर्ब ७१ करोड मात्रै भएको छ ।

यस अवधीमा सबैभन्दा धेरै चालु खर्च भएको छ । पछिल्लो ४ महिनामा १ खर्ब ९६ अर्ब ९७ करोड रुपैयाँ बराबरको खर्च भएको छ ।

यसका साथै यस अवधीमा वित्तीय व्यवस्थापनमा ४ अर्ब २७ करोड रुपैयाँ खर्च भएको मन्त्रालयको तथ्यांकले देखाएको छ ।

यस अवधीमा १४ करोड ४६ लाख रुपैयाँ बराबरको रकम सोझै भुक्तानी मार्फत भएको पनि मन्त्रालयले बताएको छ ।

सरकारले जति नै पूँजीगत खर्चलाई बढाउने कुरा गरेपनि पछिल्लो तथ्यांक अनुसार पूँजीगत खर्चमा खासै सुधार भएको देखिदैन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here