चितवनमा अटो पल्टिँदा पाँचजनाको मृत्यु, एक गम्भीर घाइते

काठमाडौं, २१ मंसिर । चितवनमा अटो पल्टिँदा ५ जनाको मृत्यु भएको छ । राप्ती नगरपालिका- ४ चेपाङ मार्गको भित्री सडकखण्डमा चौकी डाँडातर्फ गइरहेको ना १ ह ६४०९ नम्बरको अटो शनिबार बेलुका अनियन्त्रित भई पल्टिएको हो।

मृत्यु हुनेमध्ये पर्वत कुस्मा नगरपालिका पिपलटारीका ३५ वर्षीय श्यामप्रसाद तिवारीको मात्रै परिचय खुलेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। अन्य चारजनाको परिचय खुल्न बाँकी रहेको जनाइएको छ। सो दुर्घटनामा परी मृत्यु हुनेमा दुई पुरुष र तीन महिला रहेको जनाइएको छ।

प्रहरीका अनुसार दुर्घटनामा अटोका चालकसहित ६ जना गम्भीर घाईते भएका थिए। तीनजनाको पुरानो मेडिकल कलेजमा र दुईजनाको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। अटो चेपाङमार्ग भएर चौकी डाँडातर्फ जाँदै गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here