एकैदिन प्रतितोला ५ सय रुपैयाँले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, २२ मंसिर । आइतवार छापावाल सुनको मूल्यमा प्रतितोला ५०० रुपैयाँले कमी आएको छ ।

अघिल्लो दिन प्रतितोला ७१ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतवार ५०० घट्दै ७१ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

आइतवार तेजावी सुनको मूल्य पनि प्रतितोला ५ सय रुपैयाँले घट्यो ।

अघिल्लो दिन प्रतितोला ७१ हजार ४ सय रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्य आइतवार ५०० रुपैयाँ घट्दै प्रतितोला ७० हजार ९ सय रुपैयाँमा झरेको महासंघले बताएको छ ।

आइतवार चाँदीको मूल्यमा पनि कमी आयो ।

अघिल्लो दिन प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतवार १० रुपैयाँले घट्दै प्रतितोला ८ सय ४० रुपैयाँमा झरेको महासंघले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here